भाइरल भइरहेको आँंखा पाक्ने रोगबाट वच्न यसो गर्नुहोस्


साउन २३, २०८०, मङ्गलबार | दिउँसो ०१:५४ बजे | 45


भाइरल भइरहेको आँंखा पाक्ने रोगबाट वच्न यसो गर्नुहोस्

कञ्चन किसी
देशभर फैलिरहेको मौसमी आँंखा पाक्ने रोगलाई भाइरल कन्जक्टिभाइरस पनि भनिन्छ, जुन भाइरसको आक्रमणबाट हुने गर्दछ । यो रोग लाग्नाले आँंखा रातो हुने, दुख्ने, चिलाउने जस्ता समस्याहरु देखा पर्दछ । आँंखाबाट आँंसु बगिरहने, धेरै चिप्राहरु आउने र आँंखाका नशाहरु दुख्ने जस्ता लक्षण यो रोगमा देखापरेको पाइन्छ । 
एडिनो भाइरस नामक भाइरसबाट लाग्ने यो रोग बालबालिकामा धेरै मात्रामा संक्रमण भएको पाइन्छ । यो रोग सक्रमित व्यक्तिले प्रयोग गरेको सामानबाट सर्नुका साथै फोहोर हातले आँंखा मिच्दा, संक्रमित आँंखाबाट बगेको आँंशु वा चिप्राद्धारा पनि सर्न सकिने चिकित्सकहरु बताउँंछन् । दसदेखि १४ दिनसम्म यो रोगले विरामीलाई ग्रसित बनाएको पाइन्छ । 
संक्रमणबाट वच्नका लागि सावुन पानीले हात धुने, हात सफा गर्ने, सानिटाइजरहरु प्रयोग गर्ने, संक्रमित आंँखामा प्रयोग गरेको रुमालहरु अर्काे आँंखा सफा गर्न प्रयोग नगर्ने वा अरुलाई नगराउने । कालो वा सेतो चश्माको प्रयोग गर्ने । सकेसम्म भीडमा नजाने, आँंखामा प्रयोग गर्न विभिन्न कष्मेटिक सामानको प्रयोग बन्द गर्ने र डाक्टरको सल्लाह अनुसार आँंखाको औषधि प्रयोग गरी यो रोगबाट वच्न सकिन्छ । 
यो भाइरसबाट वच्नको निमित आँंखाको रोग प्रतिरोधात्मक क्षमता वढी भएका व्यक्तिहरुमा हतपत रोग नसर्ने चिकित्सकहरुको भनाई छ । 
आँंखाको इम्युनिटी वढाउने के खाने ? 
१ भिटामिन सीयुक्त फलफूलहरु जस्तै सुन्तला, कागती, अंगुर  
२ फलफूल जस्तै केरा, आँंप, मेवा
३ गाजर
४ हरियो सागपात, ब्र काउली
५ माछा 
६ गाजर र स्याउको रस आदि
मौसमको परिवर्तनसँंगसँंगै निम्तिएको यस्ता रोगबाट वच्न बचाउन जरुरी छ । आफू सतर्क भइ यस्ता रोगबाट वच्नका लागि सवैको पहल आवश्यकता भएको चिकित्सकहरुको भनाई छ । 
(लेखिका स्वास्थ्यकर्मी हुन् ।)

फाेटाेमा हेर्नुहाेस्...

भाइरल भइरहेको आँंखा पाक्ने रोगबाट वच्न यसो गर्नुहोस्

Comments