भनपा १० को आयोजनमा डेंगु रोग सम्बन्धि सचेतना ¥याली


साउन १९, २०८०, शुक्रबार | विहान ०५:२२ बजे | 30


भनपा १० को आयोजनमा डेंगु रोग सम्बन्धि सचेतना ¥याली

भक्तपुर, १९ श्रावण । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनमा डेंगु रोग सम्बन्धि सचेतना ¥याली कार्यक्रम वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको आतिथ्यतामा एक समारोहबीच समापन कार्यक्रम शुक्रबार सम्पन्न भयो । 
कार्यक्रममा अतिथि वडाध्यक्ष लक्ष्मी ह्यौमिखाले एजिप्टी र एडीस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको महामारी विभिन्न जिल्लाहरुमा फैलिएको समाचार आई रहेकोले सो रोगबाट बच्न सचेतना ¥याली आयोजना गरेको बताउँदै त्यस रोगबाट बच्न प्रमुख उपाए भनेको लामखुट्टेको टोकाईबाट बच्ने भएकोले बिहान, दिउँसो राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने वा शरीर ढाक्ने गरी लुगा लगाउने अथवा धुप बाल्ने, मलम लगाउने, लिक्विड बाल्ने र त्यसै गरी घरमा लामखुट्टे छिर्न नदिन झ्याल ढोकामा जाली लगाउने, लामखुट्टे विकास हुने गरी पानी जम्न नदिने कार्यमा सचेत हुनु पर्ने बताउनुभयो । उहाँले डेंगुको लक्षण एक्कासी ज्वरो आउने, थकान लाग्ने, खानपानमा रुचि नलाग्ने, जीउ दुख्ने भएकोले त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य चौकी वा अस्पताल जान सल्लाह दिनु हुँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने विद्यालय, संघ संस्था र कर्मचारी सबैलाई धन्यवाद दिनुभयो । 
कार्यक्रममा वडा सदस्य तारादेवी शाक्य र कृष्णनारायण दुमरु, नवदुर्गा रेडक्रसका तुल्सी नारायण दण्डेख्याले पनि बोल्नु भएको थियो । सचेतना ¥याली वडा कार्यालय कमलविनायकबाट सुरु भई पाइपलाइन, लान्चाफल्चा, कमलबिनायक आवास क्षेत्र, कमलबिनायक पोखरी, कमलबिनायक बसपार्क, नगांचा, बेखाल, नागपोखरी, महालक्ष्मी, देकोचा हुँदै वडा कार्यालय आगाडि आएर समापन भएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 

फाेटाेमा हेर्नुहाेस्...

भनपा १० को आयोजनमा डेंगु रोग सम्बन्धि सचेतना ¥याली

Comments