यस्तो छ भक्तपुरमा डेडगु संक्रमितको संख्या ः भक्तपुर नपामा भयावह वन्दै (तथ्यांकसहित)
साउन १४, २०८०, आइतबार | दिउँसो ०३:२५ बजे | 40
भक्तपुर । भक्तपुरका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी डेडगुका विरामी भक्तपुर नगरपालिकामा भएको छ । स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै १० जना संक्रमित छन् । जिल्लामा कुल १६ जनामा यो रोगले संक्रमित भेटिएका छन् । तीमध्ये भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै १२ जना संक्रमित छन् । भक्तपुरपछि भक्तपुर थिमि नगरपालिका क्षेत्रमा तीन जना संक्रमित भेटिएका छन् । त्यसपछि मध्यपुर थिमि नगरपालिका क्षेत्रमा १ जना संक्रमित भएका छन् । चाँंगुनारायण नगरपालिका क्षेत्रमा हालसम्म शुन्य नै रहेको छ । संक्रमितहरुमध्ये हालसम्म कसैको पनि मृत्युवरण गर्नुपरेको अवस्था भने छैन ।
यसैवीच भक्तपुर जिल्लाभर डेडगु रोकथाम र नियन्त्रणका लागि वार्डस्तरमा सबै सरोकारवाला निकायका प्रतिनिधि रहेको अभिमुखिकरणसहित प्रतिकार्य योजना बनाउने र ब्यबहारिक रुपमा कार्य सम्पन्न गर्ने कार्य तिब्रताका साथ चलिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै सन्दर्भमा आज आइतबार एकै दिन चागुनारायण नगरपालिकाले तीन वटा स्वास्थ सस्थामा स्वास्थ कार्यालयसमेतलाई सम्मिलित गरी नगरकोट, झौखेल, छालिङमा जनप्रतिनिधि, ब्यबस्थापन समिति, अभिमुखीकरणसहित प्रतिकार्य योजना बनाउने कार्य भएको जनाएको छ । वार्ड अध्यक्षले खोज र नस्ट गर अभियान टोल टोलबाट शुरु भएको र निरन्तर चल्ने जानकारी दिएको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...