विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्नुपर्नेमा जोड


साउन ७, २०८०, आइतबार | विहान १०:०४ बजे | 0


विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्नुपर्नेमा जोड

भक्तपुर । विद्यार्थीलाई खुलकुदप्रति अभिप्रेरित गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । यसो हुन सके विद्यार्थीमा लागेको मोबाइलको लट घटाउन सकिने उनीहरुको भनाई थियो । 
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्ने विषयमा भएको अन्तरक्रियामा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । यसका लागि समितिले समन्वय गरेर प्रशिक्षक पठाउन सकिने उनले बताए । 
प्याव्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास गर्न विविध समस्याहरुकोबारेमा चर्चा गरे । उनले एउटै स्कुलमा धेरै जना प्रशिक्षक राख्नुपर्ने तर आर्थिक भार पर्ने भएकाले राख्न नसकिने साथै खेलकुदको क्रममा घाइते भई उपचार गर्नुपर्नेलगायतका आर्थिक भार रहेको बताए । 
प्याव्सन मध्यपुर थिमिका अध्यक्ष नितेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने हुने तर त्यस अनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेको सुनाए । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रतिनिधित्व गरी सहभागी विद्यालय प्रतिनिधिहरुले आआफनो विषयमा चर्चा गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्नुपर्नेमा जोड

Comments