गौतम सुजखू अध्यक्ष रहेको एन्फा भक्तपुरले गरायो भक्तपुर जिल्ला खेलकुद विकास समितिको ध्यानाकर्षण (विज्ञप्तिसहित)
साउन ५, २०८०, शुक्रबार | दिउँसो १२:०४ बजे | 35
भक्तपुर, ५ श्रावण । भक्तपुर जिल्ला फुटबल संघ गौतम सुजखु अध्यक्ष रहेको संघ हुँदाहुँदै अनधिकृत जिल्ला फुटबल संघले बिना चलानी नं को मिति २०८०।४।४ को भक्तपुर जिल्ला फुटबल संघ उल्लेखित पत्र सामाजिक संजालमा प्रकाशित पत्रमा कुनै अनाधिकृत समुहबाट अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार मिति २०८० भदौ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने साफ यु–१६ च्याम्पिसिप २०२३ को लागि खेलाडी छनौट गर्नको लागि सुचना प्रकाशित भएकोले गौतम सुजखु अध्यक्ष रहेको फुटबल संघको ध्यान आकृष्ट भई सो संघका उपाध्यक्षद्वय सुनिल प्रजापति र रामकृष्ण प्रजापतिले खेलाडी छनौट बारेमा भक्तपुर जिल्ला खेलकुद विकास समिति र सरोकारवालाहरुको ध्यान आकृष्ट गरेको छ ।
उपाध्यक्ष रामकृष्ण प्रजापतिले अनधिकृत जिल्ला फुटबल संघले खेलाडी छनौटको विरोध गर्दै भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्माननीय सर्वोच्च अदालतमा मुद्दा पैरबी अगाडि बढीरहेको अवस्थामा गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारीक संघलाई खेलाडी छनौट गर्ने अधिकार नदिई अनधिकृत व्यक्ति रहेको भक्तपुर जिल्ला फुटबल संघ खेलाडी छनौट गर्ने गराउने दुस्साहसले सम्मानीय सर्बोच्च अदालतमा मुद्दा पैरबी भई पेशी समेत तोकि सकेको अवस्थामा अदालतको समेत अपहेलना हुने भएकोले खेलाडी छनौट नियमसंगत नहुने र एन्फा र प्रदेश(एन्फा)ले समेत मान्यता नदिन सक्ने समेतलाई मध्य नजर गरी खेलाडीको ध्यानाकृष्ट गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाद्धारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरेको छ । प्रेस विज्ञप्तिमा यस समितिले भक्तपुर जिल्ला फुटबल संघको आधिकारिकताको बारेमा चलानी नं १९३ को मिति २०८० जेठ १७ गते अखिल नेपाल फुटबल संघ (एन्फा)मा पत्र पठाएकोमा कुनै जवाफ नआएकोले आधिकारीक फुटबल संघ नरहेको जानकारी दिँदै बिना चलानी नं को मिति २०८०।४।४ को भक्तपुर जिल्ला फुटबल संघ उल्लेखित पत्र सामाजिक संजालमा प्रकाशित पत्रमा कुनै अनाधिकृत समुहबाट अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार मिति २०८० भदौ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने साफ यु–१६ च्याम्पिसिप २०२३ को लागि खेलाडी छनौट गर्नको लागि सुचना प्रकाशित भएको र हालसम्म पनि अखिल नेपाल फुटबल संघको कुनै आधिकारिक पत्र यस भक्तपुर जिल्ला खेलकुद विकास समितिलाई प्राप्त नभएको हुँदा यसबाट हुने कुनै पनि भवितव्य भएमा जिम्मेवारी भक्तपुर जिल्ला खेलकुद विकास समिति नहुने यसै विज्ञप्ति मार्फत सम्पूर्ण खेलाडीहरु सजग रहनु हुन अनुरोध गरिएको समेत भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
उहाँले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरी नयाँ जिल्ला तदर्थ समिति गठन गर्ने एन्फाको विधानले नदिएको र सो केन्द्रीय समितिबाट समेत पारित नभएकोले गौतम सुजखु अध्यक्ष रहेको नै आधिकारीक भएको साथै विधानले साधारणसभाको दुईतिहाई बहुमतले मात्र जिल्ला समितिलाई भंग गर्न सक्ने भएको बताउनुभयो ।
उहाँले भक्तपुर जिल्लामा नयाँ तदर्थ समिति गठन गरेकोमा सर्वोच्च अदालतमा परेको रिटको किनारा नलागेसम्म गौतम सुजखु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भयो । उक्त साधारणसभाबाट गौतम सुजखुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भयो । तत् पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा निर्वाचित भएको थियो भने भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भयो । त्यसपछि मिति २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरु उपाध्यक्षद्वय सुनिल प्रजापति र रामकृष्ण प्रजापतिको सक्रिय सहभागी भएको थियो ।
एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा ६ महिना भित्र कार्यदेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने सर्वसम्मत निर्णय अनुसार अहिले छ महिना नाघि सकेकोले त्यसैले तदर्थ समिति स्वतः बदर हुने देखिन्छ ।
भक्तपुर जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिताहरु संचालन गर्यो । यस संघको बैठक बसी जिल्ला लिग सञ्चालन बारे छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई भक्तपुर आउँदा धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यान सहितको टिमक्लब दर्ताको कागजात पेश गरेको थियो ।
यस संघले धारा १४ (क) अनुसार दायित्व बहन भएको छ । बरु विगत केहीं समयदेखि एन्फा कार्यसमितिले निजि स्वार्थलाई सर्वोपरी ठानी विधान विपरित र आर्थिक अनियमियतता गरेको तथा सदस्य संघहरुलाई निषेधको व्यवहार गर्ने गरेको हुँदा हामी एन्फाका जिल्ला सदस्य संघहरुले यस विषयमा छानबिन गरी कार्यवाहीको माग गर्दै सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय संसदको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद लगायतको निकायमा उजुरी समेत दर्ता गरेका थियौं । एन्फाको कार्य समितिले गरेको अनियमितता लगायतको कार्य विरुद्ध फुटबल र एन्फाको हितमा आवाज उठाउँदा विधान विपरित यस भक्तपुर जिल्ला फुटबल संघलाई मिति २०७७ असार २ गते एन्फा कार्य समितिको बैठकले एन्फाको विधानको धारा ५४ अनुसार प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । एन्फा कार्य समितिले भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न पाउने कुनै पनि अधिकार विधानले प्रदान गरेको छैन् । तर पनि एन्फा कार्यसमितिले विधान विपरित भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी फुटबल र खेलाडीसमेतलाई क्षति पु¥याउने काम गरेको हुँदा न्यायका लागि आवाज उठाएका छौं । अतः विधान विपरित एन्फा कार्यसमितिको मिति २०७७ असार २ गतेको निर्णय बदर गरी गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघलाई यथावत काम गर्न यहाँहरुको सहयोगको निम्ति यो अपिल गरेको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...