भक्तपुरमा भोलि बृहत निःशुल्क स्वास्थ्य शिविर हुने
साउन ५, २०८०, शुक्रबार | विहान ०५:४७ बजे | 65
भक्तपुर । कमलविनायक पोलिक्लिनिक लान्चाफल्चा भत्केपाटी भक्तपुर शुभारम्भको अवसरमा शनिबार कमलविनायकमा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ, जनरल मेडिसिन, वालरोग विशेषज्ञ, जनरल सर्जरीलगायतका विशेषज्ञ सेवाहरु पाइने जनाइयो । साथै प्रयोगशालामा ४० प्रतिशत छुट तथा रेडियोलोजी सेवा (भिडियो एक्स रे) मा ५० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ । शिविर विहान ८ बजेबाट सुरु हुने जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...