केपी ओलीलाई सत्ता नसुम्पेपछि काण्डहरुको सुरुवात


असार २९, २०८०, शुक्रबार | विहान ०७:३१ बजे | 50


केपी ओलीलाई सत्ता नसुम्पेपछि काण्डहरुको सुरुवात

भक्तपुर, २९ असार । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनमा भक्तपुर जिल्लाबाट बागमती प्रदेश बक्सिङ संघको प्रथम साधारण सभामा निर्वाचितहरुलाई बधाई तथा समसामयिक विषयमा मार्ग निर्देशन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतमा गःपली ड्रिमल्याण्ड किचेनमा बिहिबार सम्पन्न भयो । 
कार्यक्रमका प्रमुख आतिथि सांसद प्रेम सुवालले खेलकुदमा अनुशासन हुनुपर्ने बताउँदै शिष्यले गुरुप्रति सम्मान र गुरुले शिष्यप्रति आदर गर्नुपर्ने बताउनुभयो । उहाँले समाज भनेको गुठी, सहकारी, क्लब र खेलकुद संघ–संस्था समेत भएकोले त्यहाँ पनि अनुशासन हुनुपर्ने बताउनुभयो । उहाँले खेलकुद स्वास्थ्यको लागि भएकोले चुरोट, मदिरा, लागुपदार्थबाट टाढा हुनुपर्ने नत्र क्यान्सर लगायत दीर्घ रोग जुन उपचारको लागि लाखौं खर्च महंगो उपचारले आर्थिक स्तर खस्केर सडकमा आउन सक्ने बताउनुभयो । उहाँले मदिरा, चुरोट पनि लागुपदार्थ भएकोले यसको लट छुटाउन गा¥हो हुने भएकोले विस्तार छोड्दै जानुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरुले जुन पेशा अँगालेपनि इमान्दारी पूर्वक कार्य गर्न निर्देशन दिँदै भुटानी शरणार्थी प्रकरण जस्तै लोभमा फस्न नहुने साथै लोभमा फसाउन सक्ने भएकोले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले ललिता निवास काण्डको २९९ रोपनी जग्गा राणाहरुको सरकारले अधिकरण गरेको जग्गा नक्कली गुठी र नक्कली मोही खडा गरी २०४६ सालमा कृष्णप्रसाद भट्टराई, २०६६÷२०६७ मा माधव कुमार नेपाल र २०६९ बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा निर्णयहरु भई रहेको बताउँदै २०७२ सालमा कांग्रेस, एमाले र माओवादी तीन ठूला पार्टीहरुमा कांग्रेस र एमालेको संविधान जारी गरी एक बर्ष एक बर्ष आलोपालो सरकार चलाउनेमा शुशिल कोइराले केपी ओलिलाई सत्ता नसुम्पेपछि यी काण्डहरु सुरुवाट भएको बताउँदै निर्वाचन आयोगका आयुक्तहरु जो पहिला मालपोटमा कर्मचारी भई आएकाहरु समेत यस काण्डमा अभियुक्तको रुपमा आएको बताउनुभयो । उहाँले अहिलेपनि सार्वजनिक पोखरी र जग्गाहरु मासिने र घरजग्गा कारोबारीहरुले दर्ता गरी पूर्जा बनाई प्लानिङ्ग गर्ने गरेका हामीले संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले हामी सबैको प्रशासनले सुराकी गरिरहने भएकोले हाम्रो हरेक आर्थिक कारोबार, काम ऐन कानुन र अनुशासित रुपमा गर्नुपर्ने नत्र फसिने बताउनुभयो । उहाँले भक्तपुरमा चोरको विगविगि बढीरहेको बताउनुभयो ।  उहाँले बजेतमा उपेन्द्र यादवले विरोध गरेपछि ७३ अर्व बजेत भागबन्दा गरेको बताउनुभयो । उहाँले एमसिसि र नागरिकता ऐन नेपालको हित विपरित छ भन्नुभयो । 
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुले पनि बोल्नु भएको थियो ।

Comments