भोलि भक्तपुरमा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज तेस्रो संस्करण


असार २९, २०८०, शुक्रबार | विहान ०६:३७ बजे | 60


भोलि भक्तपुरमा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज तेस्रो संस्करण

आज गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति
सन् २०११ मा काठमाडौँबाट सोसल टुर्स, साइकल सिटी नेटवर्क नेपाल तथा पांग्रो आउटडोर्सको पहलमा शुरू भएको कोरा साइकलिङ च्यालेन्ज आजको दिनसम्म आइपुग्दा नेपालको सबैभन्दा लोकप्रिय साइकलिङ कार्यक्रमको रूपमा स्थापित भएको छ। ५०, ७५ र १०० कि।मि। को निर्दिस्त साइकल रूटमा साइकल यात्रीहरूले स्वयमलाई एक चुनौतीको रूपमा कोरा च्यालेन्जमा सहभागी भइ साइकल यात्रा गर्ने गर्दछन्। कोराको शाब्दिक अर्थ मुख्यतः तिब्बती संस्कृतिमा कुनै धार्मिक स्थलको परिक्रमा लगाउने कार्य हो। साइकलको माध्यमबाट शहर अथवा कुनै स्थानको निर्दिस्त दुरीमा परिक्रमा लगाउनु कोरा साइकलिङ च्यालेन्जको मुख्य आकर्षण हो भने यसरी परिक्रमा गर्दा कुनै सामाजिक कार्यको लागि सहयोग संकलन गर्नु कोरा च्यालेन्जको मुख्य उदेश्य हो। साइकल यात्रीहरूले साइकल चढेको जम्माजम्मी दुरी अनुसार दाताहरूले सम्पूर्ण अथवा केही भाग रकम कोरा च्यालेन्जले हरेक वर्ष गर्ने कुनै एक सामाजिक कार्यको निम्ति सहयोग गर्ने गरिन्छ।
कोरा २०२३ को मुख्य उदेश्य गत वर्ष टर्की र सिरियामा गएको विनाशकारी भुकम्प पिडितहरूको लागि सहयोग रकम संकलन गर्ने रहेको छ। कोराको आधिकारीक दर्ता बमोजिम हाल सम्म ३३१८ जना साइकल यात्रीहरूले जम्मा १ लाख ७० हजार कि।मी। साइकल यात्रा गरेर २० लाख सहयोग रकम संकलनको लागी अठोट लिएको छ।
यो वर्ष कोरा, काठमाडौँ बाहेक नेपालको २० स्थान तथा अन्तराष्ट्रिय रूपमा ४ देशमा आयोजना गरिदैछ। विभिन्न स्थानमा स्थानिय साइकल प्रेमीहरूको पहलमा कोरा साइकलिङ च्यालेन्ज आयोजना हुने गरेको छ। यसै क्रममा भक्तपुरमा साइकल कनेक्ट भक्तपुरको आयोजनामा सन् २०२१ देखि कोरा साइकलिङ च्यालेन्ज शुरू भएको हो। भक्तपुर कोराको मुख्य उदेश्य भक्तपुरमा साइकल संस्कृति तथा साइकल पर्यटन मार्फत जिल्लाको समग्र पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा उजागर गरेर स्थानिय अर्थतन्त्रमा सकारात्मक टेवा पुर्याउने रहेको छ। संस्कृति प्रथम संस्करणमा करिब ५० जना सहभागीले कोरा भक्तपुरमा ५० कि।मीको दुरूमा साइकल चलाएर यात्रा पुरा गरेका थिए। कोरा सन् २०२२मा आयोजित भक्तपुरको दोस्रो संस्करणमा ३५० जना भन्दा धेरै नेपाली तथा विदेशी साइकल यात्रीहरूले सहभागिता जनाएका थिए, जसमा करिब ५० जनाले १०० कि।मी।को दुरी पुरा गरेका थिए। 
यस वर्ष पनि साइकल कनेक्ट भक्तपुरको आयोजनामा असार ३० गते शनिबार “भक्तपुर कोरा २०२३” को आयोजना गरिदैछ। यो वर्ष पनि भक्तपुर जिल्लाको परिक्रमा गर्दै ५०, ७५ र १०० कि।मी को तीनवटा रूटमा साइकल यात्रीहरूले कोरा गर्नेछन्। हाल सम्म ५१० जनाले यस वर्षको भक्तपुर कोराको लागि नाम दर्ता गरिसकेका छन्। कोरा साइकल यात्रा विशुद्ध रूपमा साइकल चलाउने मात्र सिमित नभइकन एक वृहत साइकल जात्राको रूपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा परिष्कृत भएको छ। सांस्कृतिक तथा प्राकृतिक रूपमा धनी र मनोरम काठमाडौँ उपत्यकामा भक्तपुर जिल्लाको विशिष्ठ पहिचान रहेको छ। यसको भौगोलिक अवस्थितिको कारण साहसिक तथा मनोरञ्जनात्मक साइकलिङको लागि भक्तपुर उपत्यका भित्रपनि प्राइम लोकेशनको रूपमा उभिन सक्छ। साइकल कनेक्ट भक्तपुरले तयार गरेको कोरा रुटमा पनि भक्तपुरका धेरै भन्दा धेरै सांस्कृतिक धरोहर तथा प्राकृतिक छँटाहरूलाई कनेक्ट गर्ने प्रयास गरिएको छ। च्यालेन्जमा सहभागी हुने साइकल यात्रीहरूले साइकलिङको आनन्द सँग सँगै भक्तपुरलाई घुम्ने, चिन्ने र बुझ्ने अवसरपनि यो कार्यक्रमले जुराउने विश्वास गरिएको छ। सांस्कृतिक तथा प्राकृतिक रूपमा हर्नलायक स्थानहरूले भरिएको मात्र नभइ कोरा भक्तपुरको रूट चुनौतीपुर्ण पनि रहेको छ जसले गर्दा पनि धेरै साइकल यात्रीहरूलाई कोरा भक्तपुरले आकर्षित गरेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जानु साइकल कनेक्ट भक्तपुरको एक मुख्य उदेश्य रहेको छ। दिर्घकालिन रूपमा साइकललाई साइकलमात्र नभइ सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अंगको रूपमा स्थापित गर्न हामी तत्पर छौं। गाडी केन्द्रित विकास मोडल भन्दा मानव केन्द्रित विकास मोडल “ पैदल र पेडल मैत्री शहर” को अवधारणाको निम्ति पनि यो कार्यक्रम एक महत्वपुर्ण कोशेढुंगाको रूपमा उभिने विश्वास हामीलाई छ।
साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको यस कार्यक्रममा हामीलाई सफल बनाउन रेडक्रस भक्तपुर, भक्तपुर जेसिस, जुनियर जेसिस भक्तपुर, लियो क्लब अफ सूर्यविनायक, लियो क्लबको बनेपा काभ्रे, रोटर्याक्ट क्लब अफ भक्तपुर, रोटर्याक्ट क्लब मध्यपुर थिमी, इन्जिनियरिङ स्टुडेन्ट्स ग्रुप अफ भक्तपुर, साइकलिङ मैंचा टिम, डक्टर्स सोसाइटी भक्तपुरका साथ साथै विभिन्न स्थानका स्थानिय युवाहरूले स्वयंसेवीको रूपमा सहयोग प्राप्त छ। त्यसै गरी भिलेज हाइल्यान्ड रिसोर्ट, रानीकोट, नेपाल इको प्यानेल, गणेश इलेक्ट्रिक सेन्टर, डेकोर डिजाइनर्स कन्स्ट्रक्सन, एस।के। हार्डवेयर, अनमोल ज्वेलर्स, हेभन हिल रिसोर्ट, रत्नागीरी रिसोर्ट, फन्की हिल रिसोर्ट, कमलविनायक पोलिक्लिनिक नेपाल इन्जिनियरिङ कलेज,, के।टि।एम। बिल्डर्स, विजय पदम ज्यासः, जुरल कानूनी सेवा, त्याम्स आर्ट, श्याम मोटरसाइकल वर्कसप, भक्तपुर न्याचुरल ड्रिंकिङ वाटर, देशेमरू कन्स्ट्रक्सन, किङ्स कफी एण्ड क्याफे, एस।आर। बिल्डर्स, आई ट्रेक नेपाल, साख मार्ट, अलिना ह्यान्डीक्राफ्ट, अक्वा ख्वप,जेरो वान स्टुडियो, फोपाल स्टुडियो, ह्वाइट फ्लावर इनर्जी, शक्ति बेकरी,साकार फिड प्रडक्ट, टेल जी सुर्यविनायक, एडभन्चर हन्ट, ह्यास वान गेयर्स एण्ड एडभेन्चर, बाइक फार्म, प्याङ्क बाइक, यम्मी स्वायर, सैंजु जुजु धौ, क्वीक डिजिटल, नेपा म्यजिक, स्टुडियो ट्राइटोन, ख्वप छें तथा व्गवग द्यष्पभक ले कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदैछ। यस वृहत साइकल च्यालेन्जको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, चांगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका जिल्ला प्रहरी कार्यालय भक्तपुर, ट्राफिक कार्यालय भक्तपुरले पनि पूर्ण सहयोग गरी सफलताको शुभकामना व्यक्त गरेको छ।

भोलीको यस कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा रहेको र आज असार २९ गते शुक्रबारदेखि सहभागीहरूलाई नेम ट्याग, जर्सी, बफ तथा इभेन्ट कुपन बाड्ने कार्यक्रम रहेको छ। साइकल यात्राको दौरान स्वयमसेवकहरूले विभिन्न स्थानमा खानेपानी तथा मोटरसाइकल मार्सल गरी सहयोग गर्नेछ। साइकल यात्रा कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभा सदस्य मा। सुरेन्द्र राज गोसाईज्यू बाट हुने तय भएको छ। असार ३० गते बिहान ६ बजे बाट भक्तपुर दरबार स्वायरमा भेला भएर  साइकल यात्रा शुरू हुनेछ।  भक्तपुर दरबार स्वायरबाट बालाखु गणेश( त्रीपुरासुन्दरी( चोंछे( भोलाछें ( महालक्ष्मी( थालाछें( सलागणेश( दत्तात्रय( गोल्मढी( तःमारी( भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपछ्वात सिद्धपोखरी( चोंगा गणेश( नयाँ थिमी( बालकुमारी( बहाका बजार( बोडे(निलबाराही( बेशीगाँउ( दधिकोट ( चाङगुनारायण ( त्रीशुल डाँडा( तेलकोट ( नगरकोट ( ल्हासापाके महामञ्जुश्री ( खावा( नाला गुम्बा ( भंगाल ( लटलम्बेश्वर ( सांगा ( खाल्चोक ( आशापुरी( रानीकोट ( गुण्डु( गाम्चा( बालकोट( लोकन्थली( कौशलटार( सानोथिमी हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिनेछ। साइकल यात्रीहरूको लागी नेपाल इन्जिनियरिङ कलेज क्यान्टिनमा ब्रेकफास्ट तथा ५० कि।मी यात्रा गर्नहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५र१०० कि।मी।को फन्की हिल रिसोर्ट नगरकोटमा खानको व्यवस्था गरिएको छ। विभिन्न क्लब तथा स्थानिय समुहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडा लगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिनेछ तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिनेछ। सफलता पुर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिनेछ। साइकल च्यालेन्ज पश्चात नाम दर्ताको दौरान सहभागीहरूले टर्की तथा सिरियाको भुकम्प पिडीतको सहयोगार्थ उठाएर जम्मा गरेको रकम कोरा काठमाडौंका मुख्य आयोजक मार्फत हस्तानतरन गरिनेछ।

फाेटाेमा हेर्नुहाेस्...

भोलि भक्तपुरमा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज तेस्रो संस्करण
भोलि भक्तपुरमा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज तेस्रो संस्करण

Comments