नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ हेटौंडा अध्यक्षमा : मेम्बरसिंह लामा


असार २४, २०८०, आइतबार | विहान ०७:५२ बजे | 30


नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ हेटौंडा अध्यक्षमा : मेम्बरसिंह  लामा

हेटौंडा / नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ हेटौंडा, मकवानपुरको अध्यक्षमा मेम्बर सिंह लामा निर्बाचित हुनु भएको छ। समितिको उपाध्यक्षमा सुमन कार्मचार्य, राजेश मग्राती, सचिबमा रामचन्द्र ब्लोन, काेषाअध्यक्षमा आनिता ब्लोन चयन हुनु भएको छ। त्यसैगरी सदस्यहरुमा सुदर्शन खतिवडा , नज्मा बस्नेत, सिम्रन शिवाकोटी, स्वस्स्तिक बिडारी ,अजित कार्की , अभिषेक खड्का , ओम कुमार मोक्तान प्रमिला घले रहनु भएको छ । भेलाको उद्घाटन नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष डा.पुर्ण पाण्डे ले गर्नु भएको थियो।कार्यक्रममा पाण्डेले खेलकुद क्षेत्रको बिकासका लागि केन्पो सबैसंग मिलेर अगाडी लाग्नुपर्ने र खेलकुदमा लागेर राष्ट्रको नाम राख्नलाई चिनाउन सक्ने गरि लाग्नुपर्ने बताउनु भएको थियो। सो कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका वरिष्ठ उपाध्यक्ष तथा बागमती इन्चार्ज कुमार कार्की , बागमती प्रदेशका अध्यक्ष संगम लामा, खेलकुद बिकास समिती मकवानपुरका अध्यक्ष बेश् खड्गी, रब्बी संघका अध्यक्ष लिला कुमार घलन, जुडाे संघ् का अध्यक्ष सबिन मोक्तान लगायतले संघले गरेका गतिविधि र भाबी योजनाबारे जानकारी गराउनु भयको थियो।संघको निवर्तमानअध्यक्ष बिजय वाइबाको सभापति- त्वमा सम्पन्न जिल्ला भेलामा हेटौडा नगरपालिका, केन्द्रीय सदस्य बिक्रम पाण्डे र हेटौंडा -१४ का वडा अध्यक्ष नबिन सिग्देललगायत सबै गाउँपलिकाका प्रतिनिधिहरुको सहभागी रहेको थियो

फाेटाेमा हेर्नुहाेस्...

नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ हेटौंडा अध्यक्षमा : मेम्बरसिंह  लामा

Comments