नायक सुनिल लामा म्युजिक भिडियोमार्फत् फेरि कलाकारितामा


असार १६, २०८०, शनिबार | विहान ११:१२ बजे | 40


नायक सुनिल लामा म्युजिक भिडियोमार्फत् फेरि कलाकारितामा

संगम लामा 
काभ्रे– गायक तथा नायक सुनिल लामा रिमिक्स म्युजिक भिडियोमार्फत फेरि कलाकारीता क्षेत्रमा फर्किने भएका छन । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेल छापमाका स्थायी निवासी लामा पहिलो तामाङ कलाकार चन्द्रकुमार मोक्तानको तामाङ् सेलोमार्फत कला क्षेत्रमा फर्केका हुन् ।
बि.सं. २०३८ रेकर्ड भएको गायक मोक्तानको स्वरमा रहेको साङाला जिर्मा बोलको गीतमा गायक सुनिल लामा र गायिका सोनिय लामाका साथमा वाइएसके ग्रुपको ¥यापसँगै रिमिक्स सार्वजानिक हुने भएको छ ।
२०५१ सालदेखि ‘बिन्ती बिसाउछु’ एल्बमबाट नेपाली गायन क्षेत्रमा होमिएका लामा नेपाली, तामाङ गीत संगीत तथा तामाङ चलचित्रमा निरन्तर संघर्ष गर्दै आएका थिए । उनले नेपाली गीत एल्बम ‘बिन्ती बिसाउछु’ र ‘चाहाना’ सँगै थुप्रै तामाङ गीतहरु समेत ल्याएकाछन् ।
तामाङ कथानक चलचित्र ‘मोलम’ बाट नायक भएका लामा नेपाल टेलिभिजनबाट २०६४ साल म्हेन्दोला फोले कार्यक्रमको प्रस्तोता पनि थिए । भक्तपुर एफ एम बाट तामाङ कार्यक्रमहरु संचालन गरिसकेका लामा नेपाली कांग्रेस काभ्रे जिल्ला १३ औं अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य पनि थिए ।
हाल नेपाली कांग्रेशको क्षेत्रिय प्रतिनिधिमा रही राजनीतिमा पनि छुट्टै पहिचान बनाएका उनी एक युवा समाजसेवी व्यक्तित्व समेत हुन् ।

Comments