बागमती प्रदेश बक्सिङ संघमा तीनजना मनोनित


असार १५, २०८०, शुक्रबार | दिउँसो ०२:१३ बजे | 40


बागमती प्रदेश बक्सिङ संघमा तीनजना मनोनित

ललितपुर, १५ असार । बागमती प्रदेश बक्सिङ संघको प्रथम साधारण सभा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश बोर्ड सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यतामा र नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुको विशेष आतिथ्यतामा नेपाल बक्सिङ संघका प्रतिनिधि मान बहादुर भण्डारीको सभापतित्वमा क्लासिक बैंक्वेट हात्तिबनमा सम्पन्न भयो । 
साधारणसभाले धनकुमार मैनालीको अध्यक्षतामा ११ सदस्यीय कमिति गठन गरियो । उपाध्यक्षमा रामचन्द्र थापामगर, सचिव रामकृष्ण प्रजापति, कोषाध्यक्षमा भुपेन्द्र विष्ट, सदस्यहरुमा रमेश श्रेष्ठ, बम बहादुर स्याङताङ, कुल बहादुर थापा, सुनिल शर्मा निर्विरोध निर्वाचित भई पहिलो बैठकले उपाध्यक्षमा सुमन कुमार के.सी., सदस्यमा रत्न अवाले र सुरज ग्वाछा मनोनित गरियो । 
कार्यक्रममा प्रमुख अतिथि हिक्मत थपलिया, विशेष अतिथि गौतम सुजखु, अतिथि मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, धनकुमार मैनाली र रामचन्द्र थापामगरले पनि बोल्नु भएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

बागमती प्रदेश बक्सिङ संघमा तीनजना मनोनित

Comments