करातेका रास्ट्रिय रेफ्री संयोजक प्रकाशमोहन सम्मानित
असार १३, २०८०, बुधबार | विहान ०५:१३ बजे | 65
भक्तपुर । नेपाल करते महासंघका उपाध्यक्ष तथा भक्तपुर जिल्ला कराते महासंघ र भक्तपुर जिल्ला सितोरियो कराते संघका अध्यक्ष प्रकाशमोहन धौभडेललाई नेपाल कराते महा संघकाे रेफ्री नियुक्ति भएकोमा बधाई तथा सम्मान गरिएको छ। भक्तपुर खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाको प्रमुख आथिथ्यातामा सम्म्पन्न उक्त कार्यक्रममा संयोजक नियुक्ति भएका धौभडेललाई निष्पक्ष रूपमा रेफ्रीको भुमिका निभाउन सकोसभनी बधाई दिएको थियो। कार्यक्रममा विशेष अतिथि भक्तपुर नगरपालिका वडा -१ का अध्यक्ष तथा युवा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेललाई अनुसाशित रुपले अगाडी बढाउनु पर्नेमा जोड दिए। भक्तपुर जिल्ला कराते महासंघका उपाध्यक्ष मृगेन्द्र धौभडेलकाे सभापतित्वमा भएको उक्त कार्यक्रम प्रशिक्षक संयोजक रामशरण त्वतिले संचालन गरेको थियो।