साइकल पर्यटनको लागी भक्तपुरको तयारी, अर्थतन्त्रमा साइकल संस्कृतिको महत्वबारे चर्चा


असार ९, २०८०, शनिबार | दिउँसो ०२:५३ बजे | 45


साइकल पर्यटनको लागी भक्तपुरको तयारी, अर्थतन्त्रमा साइकल संस्कृतिको महत्वबारे चर्चा

साइकल कनेक्ट भक्तपुरद्वारा गत बैशाखमा आयोजित २१ दिने साइकलिङ च्यालेन्ज तथा जेठ महिनामा आयोजित साइकलिङ मैँचा कार्यक्रम अन्तर्गत महिलाहरूको लागि निःशुल्क साइकलिङ तालिमको प्रमाण पत्र वितरण कार्यक्रमका विषेश अतिथी भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले भक्तपुर जिल्लामा साइकल पर्यटनको प्रचुर सम्भावना रहेको र यसको लागी स्थानिय नगरपालिका लगायत पर्यटन व्यवसायीहरु सगँ समन्वय गरेर अगाडी बढ्ने तयारी रहेको बताउनु भएको छ। साइकलिङ च्यालेन्जका विजेता तथा सहभागीहरूलाई बधाइ दिदै उहाँले सपना देखेर मात्र नहुने र सपना पुरा गर्नको लागी ब्युझेर काममा लाग्नु पर्ने बताउदै सांस्कृतिक तथा प्राकृतिक रूपमा निक्कै सुन्दर तथा पर्यटकीय जिल्ला भक्तपुरमा साइकल मैत्री संस्कृतिले पर्यटन क्षेत्रमा थप टेवा पुराउन सक्ने विचार व्यक्त गर्नुभयो। साइकल संस्कृतिबाट राष्ट्रिय अर्थतन्त्र र वातावरणीय फाइदा हुनेबारे कुनै दुविधा नरहेकोले स्थानिय अर्थतन्त्रमा पनि यसमा लगानी बढाउनु पर्ने तर्फ संकेत गर्नुभयो। भक्तपुर नगरको मुख्य मुख्य स्थानलाई क्रमशः सवारी साधन निषेध गर्दै पैदल र पेडल मैत्री बनाउन भक्तपुर नगरपालिकासगँ मिलेर काम अगाडी बढिरहेको भन्दै उहाँले साइकल कनेक्ट भक्तपुरको अवधारणाको प्रसंशा गर्नुभयो। साइकल संस्कृतिलाई विकास गर्न साइकललाई रमाईलो अथवा बाध्यताको साधनको रूपमा मात्र सिमित नराखी यसलाई उद्यमशीलता सगँ जोड्दै अगाडी बढ्नुपर्ने र यसको नेतृत्व लिन सक्ने युवाहरू तयार गर्न साइकल कनेक्ट भक्तपुरले खेलिरहेको भुमिकाबारे चर्चा गर्दै समुहका सल्लाहकार तथा युवा उद्यमी कृष्णभक्त दुवालले साइकल कनेक्ट भक्तपुरले निक्कै छोटो समयमा भक्तपुरमा राम्रो साइकल समुदाय बनाउन सफल हुनुको कारण यसको स्पष्ट उदेश्य तथा सो अनुसारको कार्यक्रमहरू भएको बताउनुभयो। सोही कार्यक्रममा समुहका सल्लाहकार गणेशभक्त दुवालले नियमित साइकलिङले स्वास्थ्यमा हुने फाइदा आफू स्वयमंले प्राप्त गरेको र सकृय जीवन शैली जिउनको लागी साइकल सहज र प्रभावकारी माध्यम रहेको मा कुनै दुविधा नरहेको जिकिर गर्नु भयो। साथै साइकल कनेक्टले गर्ने नियमित कार्यक्रमहरूले धेरैलाई साईकलिङ प्रति लगाव बढाएकोमा हरेक उमेर समुहलाई समेट्ने थप कार्यक्रमहरू ल्याउन सुझाव दिनुभयो। उक्त कार्यक्रममा साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष सुमित बालाले कसरी समुदायको सकृय सहभागितमा साइकल कनेक्ट भक्तपुरले छोटो समयमा नै साइकलप्रेमीहरूलाई जोड्न सफल भएको र आगामी दिनमा लक्षित पहुँचको बाटो लिई वृहत्तर समुदाय बनाउदै अगाडी बढ्ने योजना रहेको बताउनुभयो। बाध्यताले निजी सवारी चढ्नु कुनै पनि विकसित र सभ्य समाजको गूण नभएको बरू आरामदायी र भरपर्दो सार्वजनिक यातायात सेवा र साइकल संस्कृतिले विकास र सभ्यताको परिचय दिने भएकोले सांस्कृतिक रूपमा धनी जिल्ला भक्तपुरमा साइकल संस्कृति विकासको लागि समुदाय स्तरबाट नै अगाडी बढ्न पर्ने चर्चा गर्नु भयो। तेह्र जान सहभागी रहेका २१ दिने साइकलिङ च्यालेन्जका विजेता रामेछाप निवासी विरेन्द्र डोङ तामाङले प्याङकस्टम माउन्टेन बाइक सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो। उक्त च्यालेन्जमा भक्तपुर लिवालीका सुरेन्द्र ख्याजु द्वितीय, भक्तपुर झौखेलका निशान तजले तृतीय तथा भक्तपुरका किसन तमखु मोस्ट कन्सिस्टेन्ट राइडर भएर विभिन्न उपहारहरू जित्नुभयो। प्याङ्क बाइक, जुजु बाइक्स, नेपाल इको प्यानेल, ताम्राकार कर्पोरेट ग्रुप, एस.जी.एल नेपाल तथा होटल कन्ट्री भिल्लाले पुरस्कारहरू प्रायोजन गरेका थिए। सोही अवसरमा साइकल कनेक्ट भक्तपुरका सल्लाहकार सुनिल ख्याजुलाई मास्टर साइकलिस्ट सहित विषेश सम्मान प्रदान गरिएको थियो भने प्रथम चरणमा साइकलिङ प्रशिक्षण प्राप्त गर्न सफल ६८ जना साइकलिङ मैंचा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

साइकल पर्यटनको लागी भक्तपुरको तयारी, अर्थतन्त्रमा साइकल संस्कृतिको महत्वबारे चर्चा
साइकल पर्यटनको लागी भक्तपुरको तयारी, अर्थतन्त्रमा साइकल संस्कृतिको महत्वबारे चर्चा
साइकल पर्यटनको लागी भक्तपुरको तयारी, अर्थतन्त्रमा साइकल संस्कृतिको महत्वबारे चर्चा

Comments