स्वास्थ्य सम्बन्धिकाे जनचेतना जगाउन बसन्तपुरमा अाेलम्पिक दिवस मनायाे


असार ८, २०८०, शुक्रबार | दिउँसो ०३:२८ बजे | 20


स्वास्थ्य सम्बन्धिकाे जनचेतना जगाउन बसन्तपुरमा अाेलम्पिक दिवस मनायाे

केके मानन्धर ।
काठमाडौंकाे बसन्तपुरमा चाैंथाे विश्व अाेलम्पिक दिवस मनाइएको छ । नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसन नेपालले स्कुलमा अध्ययनरत छ सय बालबालिकाहरूलाई सहभागी गराएर अाेलम्पिक दिवस मनाएकाे हाे । अन्तर्राष्ट्रिय अाेलम्पिक कमिटीले स्वास्थ्य सम्बन्धिकाे जनचेतना जगाउन सन् १८९४ देखि जुन २३ तारिखमा विविध कार्यक्रम गरि विश्व अाेलम्पिक दिवस मनाएपनि नेपालमा भने केहीवर्ष अघिदेखि मात्र याे दिवस मनाउन सुरू गरिएको छ । कार्यक्रममा बाईस वटा प्रि-स्कुलका बालबालिकाहरुले मुरल पेन्टिङ गरेर अाआफ्ना कला र खेलकुदप्रतिको भावनाहरु व्यक्त गरेका थिए ।
'प्रि-स्कुलका बालबालिकाहरुमा खेलकुदप्रतिको अवधारणालाई विकाश गरी सृजनशील कृयाकलापमा अावद्ध गराउने हाम्रो उद्देश्य हाे । यसले बच्चाहरूकाे शारीरिक स्वास्थ्य तथा सर्वाङ्गीण विकाशमा टेवा दिन्छ भन्ने हाम्राे बुझाइ छ ।' कार्यक्रम अायाेजक संस्थाकी सचिव सम्झना बस्नेतले बताइन् । यस अघिकाे वर्षमा पनि करिव हजार जना बालबालिकाहरूलाई सहभागी गराएर दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएको उनले दाबी गरिन् । 
अायाेजकले बच्चाहरूलाई स्वास्थ्य सम्बन्धिकाे जनचेतनासँगै संस्कृति र सम्पदाकाे जानकारी दिने उद्देश्यले कुमारीघरकाे अवलोकन भ्रमण पश्चात् जिवित देवी कुमारीकाे पनि दर्शन गराएकाे थियाे ।

फाेटाेमा हेर्नुहाेस्...

स्वास्थ्य सम्बन्धिकाे जनचेतना जगाउन बसन्तपुरमा अाेलम्पिक दिवस मनायाे

Comments