ओलम्पिक डे को अवसरमा विनायकमा कराँते प्रतियोगिता


असार ६, २०८०, बुधबार | दिउँसो ०३:०४ बजे | 60


ओलम्पिक डे को अवसरमा विनायकमा कराँते प्रतियोगिता

मध्यपुर ठिमी,भक्तपुर "खेलका माध्यमबाट, अनुशासित विद्यार्थी तथा गुणस्तरीय शिक्षाका लागि खेल ” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन ई. स्कूल, मध्यपुर ठिमी, भक्तपुरले यही असार ६ गते कराँते प्रतियोगिताको आयोजना गर्यो । अन्तर्राष्ट्रिय ओलम्पिक डे तथा सबैका लागि खेल” भन्ने राष्ट्रिय खेलकुद - महासंघको आह्वानमा आयोजित उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतनमा अध्ययनरत २४ जना विद्यार्थीहरुवीच प्रतियोगितात्मक रूपमा गराइएको थिए। विद्यालयकी कराते प्रशिक्षक तथा रेफी सुमी श्रेष्ठको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले कराते अन्तर्गतका विभिन्न काताहरूसमेत प्रदर्शन गरेका थिए। कार्यक्रममा सहभागी तथा प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई वधाइ तथा शुभकामना दिँदै, विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सानै उमेरदेखि शारीरिक र मानसिकरूपमा विद्यार्थीहरुलाई स्वस्थ राख्न विभिन्न खेलकुद आयोजना गरी उनीहरुभित्रको क्षमता अभिवृद्धि गर्न स्थापना कालदेखि नै विद्यालयले लागि परेको तथा खेलकुदका माध्यमबाट आशासित विद्यार्थी तयार पार्दै आजको युगको माग बमाेजिमको गुणस्तरीय तथा प्रगतिशील शिक्षा दिइरहेको कुरा बताउनु भयो ।

Comments

ताजा खबर