विनायकमा डेङ्गु सचेतना कार्यक्रम
असार ५, २०८०, मङ्गलबार | दिउँसो ०३:०७ बजे | 55
मध्यपुर ठिमी भक्तपुर स्वास्थ्य नै ठुलो धन हो र स्वास्थ्य व्यक्तिले नै हरेक कुरामा सफलता प्राप्त गर्दछ भन्ने कुरालाई मध्यनजर गर्दै विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर ठिमी भक्तपुरले यही असार ५ गते डेंगु सचेतना कार्यक्रमको आयोजना गर्यो। विशेष गरेर वर्षायाम सँगै महामारीको रुप लिन थालेको डेँगु राेग , यसलाई सार्ने लामखुट्टे ,यो सर्ने समय, यस रोगका लक्षण तथा उपचार पद्धति र बच्ने उपाय सम्बन्धमा यस विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको तथा विनायक जुनियर रेडक्रस सर्कल लाई समावेश गरी उक्त सचेतना कार्यक्रम आयोजना गरेको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी दिनुभयो। मध्यपुर ठिमी नगरपालिका वडा नम्बर तथा जनस्वास्थ कार्यलयको प्राविधिक संयोजनमा आयोजित उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६"का वडाध्यक्षको ज्ञानदास प्रजापति, वडा सदस्यहरु तथा जनस्वास्थ्य कार्यालयका विज्ञहरु रविनायक जुनियर रेडक्रस सर्कल का संयोजक रामचन्द्र प्रजापति उपस्थित रहनुभएकाे उक्त कार्यक्रम अन्तरक्रियात्मक शैलीमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले डेंगु रोग र यससँग सम्बन्धित जानकारीहरु प्राप्त गर्न सफल भएका थिए ।कार्यक्रममा वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुहुँदै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हरेक विद्यार्थीले आफुले सिकेका जानेका कुराहरु आफ्नो घर परिवार, टोल समाज तथा आफन्तहरुलाई जानकारी गराई डेगु जस्तो महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सहभागी बिद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो ।साथै आफू र आफ्नो समाज डेंगुबाट सुरक्षित राख्न हरेकले आफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।