राष्ट्रिय संगीतकर्मी संघ भक्तपुरको अध्यक्षमा सिम्रन दुलाल (कुसुम) निर्वाचित
असार ५, २०८०, मङ्गलबार | विहान ११:०३ बजे | 35
राष्ट्रिय संगीतकर्मी संघ भक्तपुर जिल्ला कार्यसमितिको आठौ साधारण सभा तथा चौथो जिल्ला अधिबेशन माननीय दुर्लभ थापाज्युको प्रमुख आतिथ्यमा र राष्ट्रिय संगीतकर्मी संघ भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष भुवन दुलालको सभापतित्वमा भब्य अनि सब्य रुपमा सम्पन्न भयो, उक्त अधिबेशनबाट प्रतिभाशाली कलाकार तथा माेडल सिम्रन दुलाल (कुसुम) अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।।। बन्दसत्रको कार्यक्रम सन्चालन राष्ट्रिय संगितकर्मी संघ ललितपुर जिल्ला अध्यक्ष तथा उक्त निर्वाचन कमिटिको सदस्य समेतको भुमिका निर्वाह गर्नु सुवास महत ज्युद्वारा निकै रोचक ढंगबाट भएको थियो निर्वाचन मन्डल समितिमा संयोजक नवराज ढुंगाना , सदस्य उमा श्रेष्ठ , विनोद ढकाल , रामहरी भन्डारी सुवास महतको टिम रहेको थियो।।।
शनिबार भएको अधिबेसनबाट दुलाल अध्यक्ष पदमा निर्वाचि हुनु भएको हो भने वरिष्ठ उपाध्यक्ष ललिता भुजेल,महिला उपाध्यक्ष मिनाश्री लुङ्गेली मगर,लक्ष्मी ढकाल,सोनु सिङ ठकुरी रहनु भएको छ यस्तै सचिवमा कल्पदिप खड्का,सह-सचिव आसिका खाती, कोषाध्यक्ष लक्ष्मी उपाध्याय रहनु भएको छ । सदस्यहरुमा कुमार सिवा, कृष्ण हरि अधिकारी, रन्जना भुजेल चयन हुनुभएको छ।