किन फैलिंदै मंकी पक्स ? के गर्नुपर्छ यसबाट वच्न ?
असार ४, २०८०, सोमबार | दिउँसो १२:५६ बजे | 40
कञ्चन किसी
कोरोना महामारीपछि फेरि फैलिंदै छ मंकी पक्स । पश्चिम अफ्रिकामा देखिएको यो रोग आज विश्वभर फैंलिंदै छ ।
कसरी सर्छ ?
यो सरुवा रोग भए पनि एक मान्छेबाट अर्काे मान्छेमा सहज रुपमा सर्दैन । जसका कारण मंकी पक्स कारोना जस्तै आम रुपमा फैलन सम्भव देखिंदैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार मंकी पक्स घाउ, हाछ्उि गर्दा निस्कने लगायतका तरल पदार्थबाट सर्ने गर्छ । त्यस्ता तरल पदार्थ थुकलगायतका तरल पदार्थबाट सर्ने गर्दछ । त्यसैगरी संक्रमित जनावर जस्तै मुसा, वाँदरबाट पनि यो रोग सर्ने सक्ने बताइएको छ । संक्रमितले प्रयोग गरेका लुगा र सामानहरुबाट पनि यो रोग सर्न सक्छ ।
लक्षणहरु
मंकी पक्सको सरुवाती लक्षणहरुको भनेको जिउ दुख्ने, टाउको दुख्ने,ं विस्तारै सुनिने, पानीको फोका जस्ता बिमीराहरू शरीरभरि आउने गरेको डव्लूएचओको भनाई छ ।
पंकी पक्सको लक्षण संक्रमण भएको पाँंच दसदिनभित्र देखिने गर्दछ । सुरुको अवस्थामा जोरो आउने, टाउको र जिउ दुख्ने, अन्य रोगहरुसंग मिल्दोजुल्दो लक्षण देख्नुका साथै सुनिनु यसका प्रारम्भिक लक्षण रहेको छ । शरीरमा विमिरा आउनु, विस्तारै फुटेर पाप्रा जस्तै निस्कने गर्दछ ।
उपाय
मंकी पक्स सामान्यतया चार ६ हप्तामा आफै निको हुने रोग हो । यो रोगलाई एन्टिभाइरल औषधिहरुको माध्यमाबाट पनि उपचार गर्न सकिन्छ । यसका लागि एन्टिबाइटिक औषधिहरु खन सकिन्छ ।
संक्रमित व्यक्तिको नजिक नजाने, सरसफाईमा ख्याल राख्ने जस्ता कामहरु गर्दा यो रोगबाट बच्न सकिन्छ । स्मल पक्स विरुद्धको खोपबाट जोगिने मंकी पक्स पनि जोगिने भएकाले ठूलो मानिसमा भएको संक्रमण चारा ६ दिनमै र बच्चामा चार १४ दिनभित्र खोप लगाउन सकिन्छ ।
ख्याल गरौं
आफै निको हुने रोग भएता पनि कहिलेकाही मंकी पक्सले निमोनिया, दिमागी इन्फेक्सन, आँंखाको इन्फेक्सन गराउन सक्छ । १० जना संक्रमितमध्ये एकजनाको मृत्यु भएको डव्लूएचओको तथ्यांक छ । सन् २०२२ मा ७५ देशका १६ हजार भन्दा बढी संक्रमित भएपछि यसलाई डव्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
अन्तमा
गत शुक्रबाट नेपालमा पहिलो पटक मंकी पक्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । राष्टिय जनस्वास्थ्य अनुगमन काठमाडौंबाट संक्रमण भएको नतिजा पुष्टी गरेको थियो । डव्लूएचओका अनुसार सन् २०२२।२३ मा एक सय ११ देशमा यो संक्रमण फेला परेको जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...