१९ औं एशियन गेमको बक्सिङ्गको अन्तिम छनौट सम्पन्न
असार ३, २०८०, आइतबार | दिउँसो ०३:४८ बजे | 30
भक्तपुर, ३ असार । नेपाल बक्सिङको आयोजनामा १९ औं एशियन गेम्सको बक्सिङ्गको अन्तिम छनौट संयोजक गौतम सुजखुको सभापतित्वमा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको आतिथ्यतामा महिला तर्पm ६ र पुरुष तर्पm ७ गरी १३ जना छनौट सम्पन्न भयो ।
प्mलाई वैट ५० किलो महिलातौल समुह अन्तर्गत आज भएको खेलमा नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले यचटुओका अस्मिता दुआललाई स्पिलट डिसिजन ५ः२ को आधारमा पराजित गरिन ।
५४ किलो तौल समुह महिला तर्पm आर्मीकि मीनु गुरुङ्गले बक्समाण्डुकी अन्जली तेलीलाई ४ः१ को आधारमा पराजित गरिन ।
महिला ५७ किलो तौल समुहमा आर्मीका चन्द्रकला थापाले युनानिमस ५ः० को आधारमा पराजित गरिन ।
६० किलो महिला तर्पm वाक ओभरको आधारमा एपीएफका संगिता सुनारले आर्मीका बर्षा श्रेष्ठलाई पराजित गरिन भने महिला
६६ किलो तौल समुहमा एपीएफका विनिता थापामगरले आर्मीका निरु गुरुङ्गलाई ५ः०को युनानिमस डिसिजनको आधारमा पराजित गरे । महिला
७५ एपीएफका सरस्वतिले एपीएफ बीका मनिता राईलाई पराजित गरिन ।
पुरुष तर्पm ५१ किलो तौल समुहमा यचटुओका रविन थापाले नेपाल प्रह्रीका चन्द्र बहादुर थापालाई स्पिलट डिसिजन ५ः२ को आधारमा पराजित गरिन ।
पुरुष तर्पm ५७ किलो तौल समुहमा यचटुओ बुद्ध ग्याम्जो लामाले ४ः१को स्पिलिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे ।
६३. ५ किलो तौल समुहमा जेनेक्सका मौसम रानामगरलाई ५ः० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापामगरले जीत हासिल गरे । उनी तेह््रौ दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् ।
७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले ४ः१ अंकको आधारमा सुदूर पश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे ।
८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले वाक ओभरको आधारमा बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे ।
९२ किलो तौल समुहमा गण्डकीका दिपक सुनवारले ४ः० को अंकको आधारमा पराजित गरे ।
९२ प्लस किलो तौल समुहमा आर्मीका आशिश दुवाडी वाक ओभरको आधारमा पराजित गर्दैै छनौट चरण पार गर्न सफल रहेको भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...