थिमिमा २९ जनाले गरे रक्तदान
असार २, २०८०, शनिबार | दिउँसो १२:४६ बजे | 70
सागर गुरागाई
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधर चोकस्थित शंखधर मार्ग (बायरिलाँ) टोल सुधार समितिद्धारा आयोजित रक्तदानमा २९ जनाले रक्तदान गरेका छन् । समितिद्धारा आयोजित तेस्रो खुल्ला रक्तदानमा २१ पुरुष र ८ महिला सहित २९ जनाले रक्तदान गरेको समितिका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो । उक्त टोलसुधार समितिले टोलको सरसफाई, बजार प्रवद्र्यन मेला, वृक्षारोपण, जेष्ठ नागरिक सम्मान, निःशुल्क स्वास्थ्य शिविरदेखि रक्तदान सम्मका सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको उक्त समितिका सचिव एवं रक्तदान कार्यक्रमका संयोजक डा.रामहरि श्रेष्ठले जानकारी दिनुभयो ।