भक्तपुरको सृजनानगरमा खुल्यो केयर गिभर तालिम दिने एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर


जेठ ३२, २०८०, बिहीबार | विहान ०९:३७ बजे | 55


भक्तपुरको सृजनानगरमा खुल्यो केयर गिभर तालिम दिने एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर

भक्तपुर । भक्तपुरमै पहिलो पटक बृद्धबृद्धा उमेका बुढाबुढीहरुको स्याहारसुसार (केयर गिभर) सम्वन्धीको तालिम सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी सृजनानगरमा एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो । 
इजराइलमा झण्डै डेढ दसक त्यस सम्वन्धी अनुभब बटुलेर आएकाहरुको संयुक्त प्रयासबाट केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रकी संस्थापक अध्यक्ष अमृत्यश्वरी सुवालले घरघरमा हुने बुढाबुढीहरुको स्याहार कसरी गर्नुपर्छ भन्ने ज्ञान घरघरमा हुनुपर्ने भएकोले तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइन् । तालिमप्रति महिला पुरुष दुवैको उतिकै आकर्षण रहेको सुवालले सुनाइन् । 
तलिममा विशेष गरेर अझ विदेश जाने सपना बोकेकाहरुको रुचि देखिएको जनाइएको छ । यहाँं तीन महिनाको तालिम लिएपछि स्वदेश वा विदेशमा सजिलै रोजगारी पाइने भएकोले यसप्रतिको आकर्षण वढेको हो, सुवालले भनिन्, विदेशमा पनि यो सीप लिएर गयो भने स्टुडेन्ट भिसामा जानेहरुले पनि सजिलै पार्ट टाइम काम पाउने हुन्छ । 
घरघरमा हुने जेष्ठ उमेरको स्याहारसुसार अहिलेसम्म नेपालमा जे आयो त्यो तरयो भन्ने नेपाली उखान जस्तै भइरहेको छ । तालिमपछि वुढाबुढीलाई स्याहार्ने वैज्ञानिक अनि व्यवहारिक सीपहरु सिकिने छ । 
यद्यपि नेपालमा यसको महत्व नबुझेको सरोकारबालाहरुको बुझाई छ । 
एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरका प्रोपाइटर रामबाबु राउतका अनुसार यो कोर्ष सीटीईभीटीईसँंग सम्वन्धित हुन्छ । उनका अनुसार यो कोर्ष तीन महिनाको हुन्छ । यसका साथसाथै बुढाबुढीको उचित र वैज्ञानिक स्याहारसुसारका लागि सीटीईभीटीईको नै वारिस्ता (कफी मेकिंग एण्ड सर्भिस) र हाउस किपिंग सर्भिस तालिम पनि रहेको राउत सुनाउँंछन् । इजरायलमा यही क्षेत्रमा १५ वर्षको अनुभब बटुलेर आएका राउत विकशित अविकशित सवै देशका परिवारका एक न एक सदस्य यस विषयमा जानकारी राखीरानुपर्ने आवश्यकता औंल्याउँंछन् । हरकेका घरमा हुने वुढाबुढी स्याहार्ने क्रममा जानेर वा नजानेर हरेक गल्तीहरु भइरहेका हुन्छन्, उनले भने, त्यही गल्ती हुन नदिई राम्ररी हेरचाहका लागि यसको महत्व अझ धेरै छ ।’ तालिम लिनका लागि महिलाहरु मात्रै नभई पुरुषहरु पनि उतिकै आउने गरेको उनले सुनाए । 

काठमाडौंसँंग जोडिएको चार वटा नगरपालिका रहेको भक्तपुरमा यो नै पहिलो र एउटै मात्रै केयर गिभर तालिम सेन्टर रहेको दावी गरिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको सृजनानगरमा खुल्यो केयर गिभर तालिम दिने एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर

Comments

ताजा खबर