बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
जेठ ३१, २०८०, बुधबार | दिउँसो ०१:५८ बजे | 55
ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा र लाइफलाइन हेल्थ केयर होम प्रा.लि.को संयुक्त आयोजना बुधबार बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतकाे प्रमुख अतित्थतामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।
कार्यक्रममा स्वास्थलगायत विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तिहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गर्नुभएकाे छ ।
सम्मानीत हुनेहरुमा नेपालका प्याड म्यान भनेर चिनिने ज्ञान महर्जन, सामाजिक व्यक्तित्व मोतिशान्ति शाक्य, लक्ष्मीनारायण सिंह सुवाल, गायत्री दाहाल, र शिव नारायण साह रहेका छन् ।
कोभिड १९ का बेला स्थापना भएको लाईफलाईन हेल्थ केयर होमले विगत ८ महिनादेखि पोलिक्लिनिकको रूपमा उपचार सेवा प्रदान गरिरहेको छ ।
यसले देशका विभिन्न भागमा स्वास्थ्य सिविर सञ्चालन गरेर बिपन्न बिरामीलाई उपचारमा सहजीकरण गर्दै आइरहेको हेल्थ केयर होमका वोर्ड अफ डाइरेक्टर समिर जोशीले बताए ।
काठमाडौँ मेडिकल कलेजको सहकार्यमा हेल्थ केयरले विभिन्न सिविरबाट सिफारिस भएर आएका बिरामीलाई काठमाडौं मेडिकल कलेजमा हुने शल्यक्रियामा ५० प्रतिशत छुट दिने गरेको जोशीको भनाइ छ ।