रेडक्रस भक्तपुरको रक्तसञ्चार सेवाले गरयो पत्रकार सम्मेलन


जेठ ३०, २०८०, मङ्गलबार | विहान ०५:५६ बजे | 95


रेडक्रस भक्तपुरको रक्तसञ्चार सेवाले गरयो पत्रकार सम्मेलन

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा रक्तसञ्चार सेवाले भक्तपुरमा पत्रकार सम्मेलन गरेको छ । 
सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले शाखाको परिचयदेखि लिएर शाखाले गर्दै आएका विभिन्न क्रियाकलापहरुकोबारे जानकारी गराए । कार्यक्रममा उनले रगत नपाए भक्तपुर जानु भन्ने उक्ती देशैभरिले मान्यता पाएको बताए । यही कारण रेडक्रस केन्द्रमा भन्दा वढी भक्तपुरमा रगत चाहियो कि सम्पर्क गर्न आउने गरेको तथ्यांक उनले पेश गरे । उनले भक्तपुरले सवैलाई निःशुल्क रुपमा रगत प्रदान गर्दै आएको पनि बताए । भक्तपुरका चार वटै नगरपालिकाहरु चाँंगुनारायण, मध्यपुर थिमि, भक्तपुर र सूर्यविनायक नगरपालिकाहरुले भक्तपुर जिल्लाका स्थायीबासीहरुलाई नगरपालिकाले सोधभर्ना गर्ने गरी निःशुल्क रगत तथा रक्ततत्व वितरणको कार्य गर्दै आएको जानकारी उनले गराए । 

Comments

ताजा खबर