सकियो बक्सिङको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम–२०८०


जेठ २८, २०८०, आइतबार | विहान ११:३६ बजे | 25


सकियो बक्सिङको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम–२०८०

रामकृष्ण प्रजापति
भक्तपुर, २७ जेठ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा थापा पार्टी प्यालेसमा एक समारोहबीच शनिवार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले भक्तपुरको नाम बक्सिङ खेलबाट राष्ट्रिय र अन्तर्राष्ट्रियसम्म नाम उच्च राख्न सकोस भनि शुभकामना व्यक्त गर्दै खेलाडी देशका सम्पति भएकोले यसको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुको जीवन यापन कठिन भएकोले खेलकुदको प्रमाणपत्र पनि शैक्षिक योग्यता सरह मान्यता पाउनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले अरु नगरपालिकाभन्दा खेललाई महत्व दिँदै लगानी े बढाई हजारौंको संख्यामा विद्यार्थी सहभागी हुने गरी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता र अन्तर नगर प्रतियोगिता प्रत्येक बर्ष गरिरहेको साथै ६ वटा खेलको प्रशिक्षणलाई पनि निरन्तर दिई आएको बताउनुभयो । उहाँले देश निर्माणमा युवाहरुको भूमिका महत्वपूण हुने बताउँदै देशमा भएका ४२ प्रतिशत युवाहरुले बृद्ध नेताहरु हुँदैन युवाहरुलाई नेतृत्व दिनु पर्छ भनि सामाजिक सञ्जालमा आएको भरमा मत दिएर देश अगाडि नबढ्ने बताउँदै राम्रो र नयाँ विचार बोकेकाहरु युवा हुने बताउनुभयो । उहाँले जुन देशमा राजनीति राम्रो हुन्छ त्यस देशका जनताले सुख पाउने बताउँदै त्यसले खेलकुद लगायत कला सँस्कृति र देशको विकास हुने बताउनुभयो । उहाँले रङ्गशालाहरु व्यक्तिले होइन राज्यको दायित्व भएको बताउँदै भक्तपुर नगरपालिकाले कर्भडहरु निर्माण गरिरहेको बताउनुभयो । उहाँले अहिले खानपानबाट नयाँ नयाँ रोगहरु आईरहेकोले पार्टी प्यालेसले शुद्ध खानाको बन्दोबस्त गर्नु पर्ने बताउँदै विश्व खाद्य संगठनको तथ्याङ्क अनुसार बढी खाना खेल फाल्ने देश अमेरिका भएकोले बताउनुभयो । उहाँले देशका राजनीतिज्ञहरु भष्ट्र भईरहेको र खेल क्षेत्रमा भ्रष्ट्रचार गर्ने थलोको रुपमा परिभाषित भई रहेकोले नैतिकता, अनुशासन, आर्थिक पारदर्शी, भ्रष्ट्राचार मुक्त क्षेत्रको रुपमा अगाडि लानुपर्ने बताउनुभयो । उहाँले बम र बन्दुक नपड्काई देश कब्जा गर्ने भएकोले भारतको आर्शिवाद लिन नागरिकता विधेयक प्रमाणिकरण गराएको र गरेको विरोध गर्नुभयो । उहाँले खेलमा पनि प्रतिद्धन्दि हुने भएकोले खेल पनि एक प्रकारको राजनीति भएको बताउँदै राजनीतिक खेलाडी अनुशासित भए मात्र राम्रो हुने नत्र देश र जनताको हित नहुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले बक्सिङ संघको योगदानको कदर गर्दै खेलकुदलाई जीवनको अभिन्न अंगको रुपमा बिकास गर्नुपर्र्ने बताउनुभयो । उहाँले खेलकुद स्वास्थ्यसंगै देशको स्वाभिमान जोडिएको बताउनुभयो । उहाँले संसारमा धेरै गोल्डमेडल जिल्ने समाजवादी देश भएको बताउँदै खेलकुद पनि विज्ञान हो भन्नुभयो । उहाँले खेलकुदबाट त्यो देशको क्षमता, पहिचान, सैनिक सक्षमता नाप्ने भएकोले यसको महत्व छ भन्नुभयो । उहाँले क्षमता उजागर गर्ने अवसर नपाउनुमा खेलकुद मन्त्रालय, खेलकुद विभागमा देखिएको विकृति र विसंगति हो भन्नुभयो । 
कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङ प्रशिक्षक नियुक्ति गरी प्रशिक्षण दिई रहेको देशमै एउटैमात्र नगरपालिका भक्तपुर नगरपालिका भएको बताउँदै विगतमा व्यवस्थित रुपमा अन्तरनगर गरेको ताजा स्मरण भएकोले अझै बक्सिङ खेलको अन्तरमा जोड दिन अनुरोध गर्नुभयो । 
कार्यक्रममा नेपाल बक्सिङ संघका बागमति प्रदेशका प्रतिनिधि मान बहादुर भण्डारीले व्यवस्थित, संगठित बक्सिङ संघ भक्तपुर शक्ति केन्द्र भएको बताउँदै बक्सिङलाई कायापलट गर्न नयाँ नयाँ र संयुक्त कार्यक्रमहरु अगाडि लानेमा विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा प्रदेश खेलकुद परिषद बागमति प्रदेशका धनकुमार मैनालीले दोश्रो बागमती प्रदेश खेलकुदमा टीम तेश्रो भएकोमा बधाई दिँदै विश्व बक्सिङ प्रतियोगिता र एसियन प्रतियोगितामा भक्तपुरका खेलाडीले राम्रो प्रर्दशन गरेको बताउनुभयो । 
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापतिको मन्तव्य राख्दै उहाँले बक्सिङ खेललाई निरन्तरताको लागि खेलाडीलाई हौसला प्रदान गर्न बधाई कार्यक्रम राखेको बताउँदै बक्सिङ खेल विकासको लागि व्यवस्थापन गर्न निर्वाचित हुनु भएका भक्तपुर जिल्ला बक्सिङ संघका पदाधिकारी र सदस्यहरुको परिचय गराउन आजको यो कार्यक्रम गरेको बताउनुभयो । उहाँले नेतृत्व भनेको पद होइन काम हो । संघका साथीहरुले आ–आफ्नो पदीय दायित्व इमान्दारपूर्वक निर्वाह गरे बक्सिङ विकासको लक्षणको सुरुवाट भएको महशुस गर्न सकिन्छ भने सत्य र न्यायको पक्षमा उभिएर एकढिक्का भई आगाडि बढे विकासका खुड्किलाहरु चढेको महशुस गर्न सकिन्छ । त्यसैले एकता नै बल हो । एकले थुकी सुकी सयले थुकी नदी भने उखानले सबैले मिलेर काम गरे उद्देश्य प्राप्त हुनेमा दुईमत नहोला उहाँले बताउनुभयो । कार्यक्रममा स्वागत नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुले गर्नुभएको थियो भने प्रदेश खेलकुदमा स्वर्ण पदक विजेता अस्मिता दुवाल, भावना भण्डारी र विजय बाटालाई प्रमुख अतिथि सुनिल प्रजापतिले सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो । 


फाेटाेमा हेर्नुहाेस्...

सकियो बक्सिङको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम–२०८०

Comments

ताजा खबर