कविताबाटै मुलुककाे विकृतीमाथि प्रहार
जेठ २७, २०८०, शनिबार | विहान ०२:३२ बजे | 65
भक्तपुर - चाँगुनारायण साहित्य समाजकाे नियमित साहित्यिक कार्यक्रम २६ ओैं शृङ्खला सिर्जना वाचन सहित सम्पन्न भएकाे छ । कार्यक्रममा सर्जकहरूले कविता,गजल, सुसेलीबाट मुलुकमा व्याप्त राजनीति विकृतिमाथि प्रहार गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि डा. इन्दुल के.सी.ले भारतले अखण्ड भारत नक्सामा नेपालकाे भूभाग समेटेका ले अब नेपालका दल नेता र सासक सचेत हुनु पर्ने र सर्जकहरूले पनि राष्ट्र र राष्ट्रियताका सवालमा सिर्जनाबाटै खबरदारी गर्नु पर्ने आवश्यक्ता ओैंल्याए । कार्यक्रममा कवि राममणि ढुंगेल,दुर्गा अधिकारी भमरकाेटे, जितेन्द्र रसिक, कविराज घिमिरे, जुनु घिमिरे, श्याम आशा लगायत ३० कविले रचना वाचन गरेका थिए । भक्तपुरकाे ओैद्याेगिक क्षेत्र व्यवस्थापन लिमिटेडकाे हलमा भएकाे उक्त कार्यक्रममा समाजका अध्यक्ष लालबहादुर भुजेलले भक्तपुरमा साहित्यिक वाचनकाे थलाेका रूपमा समाजले काम गर्दै आउनु भएकाे बताउनु भयाे । आगामी दिनमा नयाँ प्रतिभालाई स्थान र पुराना सर्जकलाई सम्मानका रूपमा समाजले भक्तपुरका विभिन्न क्षेत्रमा घुमन्टे शृङ्खलाका रूपमा कार्यक्रम आयाेजना गरि साहित्यिक अभियान सञ्चालन गर्ने बताउनु भयाे । पछिल्लाे समय भक्तपुरमा नियमित रूपमा साहित्यिक गतिविधि गर्दै आएकाे छ ।
फाेटाेमा हेर्नुहाेस्...