भक्तपुर नगरपालिकाका : स्वास्थ्यमा एक उदाहरण


जेठ २४, २०८०, बुधबार | दिउँसो १२:२७ बजे | 75


भक्तपुर नगरपालिकाका : स्वास्थ्यमा एक उदाहरण

रेणु त्वानाबासु

भक्तपुर नगरपालिकाले आफनै श्रोतबाट एक सय वेडको ख्वप अस्पताल सञ्चालन गर्दै आएको छ । भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा नगरपालिकाले भव्य भबन बनाई अस्पताल सञ्चालन गर्दै आएको छ । यहाँं कम शुल्कमा नगरबासीहरुले सहजै सेवा पाइरहेका छन् ।  यति मात्र होइन, भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकको लागि घरदैलो नसिंग सेवा पनि सञ्चालन गर्दै आएको छ । घरदैलो नसिंग सेवाका अधिकृत रचना सुवाल घरदैलो नसिंग सेवा भक्तपुर नगरपालिकाले दशैवटा वडामा संचालनमा ल्याराखेको जनाइन् । एक वडा एक नर्सको सुविधा दिँदै आएको छ नगरपालिकाले, उनले थपिन् । विहान साढे सात बजेदेखि ९ बजेसम्म घरदैलो र त्यसपछि वडामा नै बसेर २ बजेसम्म सेवा दिँदै आएको उनले जनाइन् ।

यस्तो सेवा भक्तपुर नगरपालिकाको आफ्नो बजेटले २०७४ भाद्रमा सुरु गरेको थियो । त्यसपछि नगरपालिकाले गरेको काम देखेर नेपाल सरकारले पाइलट स्टडी भनेर २०७८ माघ २० गते देखि सुरु गरेको  थियो । घरदैलो नसिंग सेवाका प्रमुख डा। रत्नसुन्दर लासिवाले बताए । जसमा वर्षेनी संघीय सरकार मार्फत ४१ लाख बराबरको बजेट आउने गरेको डा.लासिवा सुनाउँछन् । यो बजेट आइसकेपछि नर्सले ट्याबमा दाता संकलन गर्न थालेको उनी सुनाउँछन् ।
घरदैलो नसिंग सेवा मुख्यतया ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर संचालनमा ल्याएको हो । यसमा दिर्घरोगी जस्तो मधुमेह, प्याराल्यासिस, उच्च रक्तचाप, दम, थाइराइड ज्वरो, डेसिंग भएका विरामी जो घरबाट बाहिर अस्पताल पुग्न सक्दैन्न, उनीहरुको लागि हो, डा लासिवा सुनाउँंछन् । यसले गर्दा अहिले समस्यामा भएका विरामीलाई सरसल्लाह र औषधी के खाने भनेर जाँच गरेर दिने गरेको उनी सुनाउँछन् । समयसमयमा घरदैलो गर्दा अत्याधिक देखिएको समस्यालाई मध्यनगर गरी क्याम्प पनि संचालन गर्दै आएको छ नगरपालिकाले । नेपालमा पहिलोपल्ट भक्तपुर नगरपालिकामा यस्तो सेवा संचालन गरेको बताइएको छ ।

यतिमात्रै पनि होइन्, नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा, आदर निकेतन, ज्येष्ठ नागरिकसँग मनका कुरा (समाजशास्त्र, भुगोलशास्त्र राजनितिक शास्त्रका विद्यार्थी), अशक्त ज्येष्ठलाई घरघरमा सुरक्षा भत्ता प्रदान, सहकारीबाट पनि ज्येष्ठ नागरिकको लागि दिवा सुबिधा राख्न आह्रवान भएको र त्यसको लागि नगरभित्रका विभिन्न  सहकारीलाई दुई महिने तालिम दिने भएको जानकारी गराइएको छ । नगरपालिकाले ज्येष्ठ नागरिको लागि आदर निकेतनको भवन पनि निर्माण गर्दै आएको छ ।

अहिले घरका सबैजना जागिरे भएका कारण घरमा बुबाआमासंग कुराकानी गर्ने कोही नहुने एक्लो महसुस गर्ने गर्दछन्, उनले भने । यही कारण उनीहरुको एक्लोपनलाई टाढा राख्ने हेतुले दिवा समयको खोल्न लागेको हो, थपे उनले । यसको भवन निर्माण कार्य तिब्र गतिमा कलात्मक शैलीको बन्दै छ । आदर निकेतनको भवन निर्माण पूर्ण रुपमा नपाको बजेट रहेको छ भने अहिलेसम्म १९ लाख चन्दा उठेको नगरपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिक स्याहार्ने तालिम
आदर निकेतन सञ्चालनबारे दिवा सेवाबारे तालिम भक्तपुर नपाले सञ्चालन गर्न लागेको हो । त्यसको लागि प्रत्येक वडाबाट ४—४ जनाको नाम गरी ४० जनाको नाम संकलन कार्य भइरहेको छ । तालिम सुरु गरिसकेको छैन, नपाले छिटै सुरु गर्दैछ ।

त्यस्तै केही सहकारी संघसंस्थाले पनि आदर निकेतन सञ्चालन गर्ने तयारी गरेको छ । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याइसकेको छ भने बाराही बचतले सञ्चालन गर्ने तयारी गरेको छ । साथै यस्तो दिवा समय विताउनको लािग भक्तपुर नगरपालिकाले भक्तपुरका सहकारी संस्थालाई पनि आह्रवान गरेको छ ।

नगरपालिकाको महिला बालिबलिका तथा समाज कल्याण समितिका सदस्य रोशनीमैँया सुवालले ज्येष्ठ नागरिकसंग घरदैलोमा गई मनका कुरा गर्दै आएको बताइन् । उनले भक्तपुरमा समाजशास्त्र, भुगोलशास्त्र, राजनितिशास्त्र अध्ययन गर्ने विद्याथीर्ले प्रयोगात्मक शिक्षाको रुपमा घरघरमा गएर ज्येष्ठ नागरिकसँग कुराकानी गर्ने र उनीहरुको विगतका कुरा र अनुभव साटासाट गर्ने गरेको सुनाउछिन् । यी विषयबस्तु पढ्ने विद्यार्थीको लागि पूर्ण रुपमा छात्रावृति नगरपालिकाले प्रदान गर्दै आइरहेको छ, उनी भन्छिन् । किताबी शिक्षा मात्र नभई सुख,दुख आर्थिक अवस्था राजनितिकाबारेमा जनताको धारणा के छ ? ज्येष्ठ नागरिकसँग विद्यार्थीले एउटा विषयबस्तु सकेपछि जाने गरेको उनी बताउँछिन् ।

निः शुल्क स्वास्थ्य बिमा नगरपालिकाले निरन्तरता दिँदै आएको छ । यो पूर्ण रुपमा सरकारको बजेट हुने गर्दछन् । साथै अस्वस्थ जो हिडडुल गर्न सक्दैन्न्, त्यस्ता ज्येष्ठ नागरिक घरमै गएर सुरक्षा भत्ता दिने गरेको छ । हिडडुल गर्न सक्नेका लागि वडाबाट पनि सुरक्षा भत्ता प्रदान गर्ने गरेको छ । सक्नले बैंक मार्फत लिँदै आएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर नगरपालिकाका : स्वास्थ्यमा एक उदाहरण

Comments

ताजा खबर