विविध विषयका समीक्षासङ्ग्रह
जेठ १८, २०८०, बिहीबार | विहान ०७:३९ बजे | 75
श्रीओम श्रेष्ठ ‘रोदन’
प्रत्येक वर्ष नेपाली भाषा साहित्यमा सयौँ पुस्तक प्रकाशित हुन्छन् । जसमध्ये दश प्रतिशत जति पुस्तकले मात्र चर्चा पाउने गरिएको मानिन्छ । अन्य पुस्तकहरुमा पाठकको मात्र नभएर सम्बन्धित विधामा चासो राख्नेहरु र समीक्षक, समालोचकहरुको पनि ध्यान जाने गरेको पाइँदैन । यो पढ्दा र सुन्दा नराम्रो लागे पनि भइरहेको तितोसत्य नै हो । यसरी प्रकाशित भएका धेरै पुस्तकहरु परिचय र मूल्याङ्कनका दृष्टिले अन्यायमा परिरहेका छन् । पुस्तकमाथि न्याय गर्नका लागि प्रचार पाउनु, समीक्षा, समालोचना प्रकाशित हुनु जरुरी हुन्छ । यस दृष्टिले साहित्यकार डा.इन्दुल केसीले साहित्यिक क्षेत्रमा चर्चामा आएका र नआएका पुस्तकहरुको समीक्षासङ्ग्रह ‘शब्दसागरमा मोती’ प्रकाशित गर्नुभएको छ । यसले सम्बन्धित पुस्तकहरुमाथि न्याय भएको छ ।
डा.इन्दुल केसी नेपाली साहित्यमा समर्पित र स्रष्टा हुनुहुन्छ । उमेरले आठ दशक पार गरिसक्नुभएको भए पनि उहाँको सक्रियता प्रशंसनीय र उदाहरणीय बनेको छ । उहाँ व्यक्ति एक हुनुभए पनि अनेक व्यक्तित्वका धनी हुनुहुुन्छ । नेपाली साहित्यमा कवितालगायत विविध विधामा लेख्नुहुन्छ । भजन लेख्नुका साथै गाउनु पनि हुन्छ । संस्कृति संरक्षणका अभियन्ता हुनुहुन्छ । योग साधक र प्रशिक्षक हुनुहुन्छ । प्राकृतिक उपचार पद्धतिका चिकित्सक हुनुहुन्छ ।
उहाँ योगी इन्दुआनन्द झाका रुपमा पनि परिचित हुनुहुन्छ । नेपाल सरकारका पूर्व प्रशासक पनि हुनुहुन्छ । नेपाल स्रष्टा समाजका आजीवन विशिष्ट सदस्य हुनुहुन्छ । उहाँले नै नेपाल स्रष्टा समाजको विधानको मस्यौदा तयार पार्नुभएको थियो । पत्रकारिता पनि गर्नुहुन्छ । विभिन्न विषयमा प्रशिक्षण दिनुहुन्छ । अनुसन्धान गर्नुहुन्छ । समाज सेवा पनि गरिरहनुहुन्छ । यसरी उहाँको जीवन विविध विषय र क्षेत्रमा विभाजित भएको भए पनि सफलतापूर्वक सक्रिय जीवन बिताइरहनुभएको छ । यो नै इन्दुल केसी हुनुको गौरव र विशेषता पनि हो ।
डा.केसीको पछिल्लो सिर्जनात्मक पुस्तक ‘शब्दसागरका मोती’ समीक्षात्मक सङ्ग्रह प्रकाशित भएको छ । यसभित्र भाषा, साहित्य, कला, संस्कृति विषयका बाइसवटा पुस्तकहरुको समीक्षात्मक परिचय रहेका छन् । जसलाई समीक्षक डा.केसीले आप्mनो अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भन्नुभएको छ । यद्यपि उहाँले आप्mनो लेखकीयको प्रारम्भमा नै म कवि, लेखक, टिप्पणीकार हुँ भन्न चाहन्न र हुँदा पनि होइन, केवल एक साहित्यअनुरागी मात्र हुँ भन्नुभएको छ । तर समीक्षाको पुस्तक नै प्रकाशित गरिसकेपछि आपूmलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई अनुरागी मात्र भन्नु उहाँको महानता हो ।
यस समीक्षा सङ्ग्रहमा ओतबहादुर खड्काको वेद के भन्छ ?, वेदान्त स्वामी प्रभुपादको इशावास्योपनिषद, महात्मा सुशीलको पाशुपत योग, योगाचार्य उद्धवप्रसाद भट्टराईको साधना सूत्र, टीकाराम उपाध्याय अर्यालको जीवन दर्शन, शताब्दीपुरुष सत्यमोहन जोशीको महर्षि याज्ञवल्क्य, एस पी आशाको छ्यासमिस, राहुल साँकृत्यानको बौद्ध दर्शन, भजन कवि केशव राजभण्डारीको भजन गङ्गा, जीवन अधिकारीको प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चाको वारेमा परिचयात्मक समीक्षा यस पुस्तकमा रहेको छ ।
त्यस्तै वासुदेव ढकालको उत्तरी ध्रुव प्रदेशको यात्रा, परशु प्रधानको धनियाँ कथासङ्ग्रह, प्रजापति तिमिल्सिनाको कालो पहाड (उपन्यास), चूडाप्रसाद चौलागाईको विषय र विवेचना ( लेखसङ्ग्रह), निर्मला श्रेष्ठको आपूm अरुका लागि (निबन्धसङ्ग्रह), साधुराम गिरीको मान्छे, प्रकृति र भेगन, प्रकाशप्रसाद उपाध्यायको छेउ न टुप्पो (निबन्धसङ्ग्रह ), विष्णुप्रसाद ओलीको (–मुक्तकसङ्ग्रह), पदम दाहालको आँसुको दह (किवतासङ्ग्रह) सरोजिनी तण्डुकार र राम अर्यालको (सङ्गीत मन्थनाञ्जली ) जस्ता विविध विषय र क्षेत्रका पुूस्तकहरुलार्र्र्र्र्र्र्र्र्र्र्र्र्ई समीक्षात्मक रुपमा परिचय गराउने काम शब्दसागरका मोतीभित्र सङ्ग्रहीत भएका छन् ।
त्यस्तै यस सङ्ग्रहमा नेपाल भाषाका दुईवटा पुस्तको समीक्षा पनि रहेका छन् । पशुपतिमान पःमाँ (प्रधान)को नगः घाः अर्थात् मुटुको घाउ (कथासङ्ग्रह) र प्रेमकृष्ण ताम्राकारको मतिना या सः अर्थात् पैमको आवाज (कवितासङ्ग्रह) को पनि समीक्षा रहेको छ ।
यसरी यस सङ्ग्रहमा कथा, कविता, निबन्ध, नाटक, यात्रा, मुक्तकलगायत वेद, ईशावास्योपनिषद, योग, बौद्ध दर्शन, ध्यान, भजन, प्राचीन इतिहासजस्ता विविध विषयका पुस्तकलार्ई समीक्षक डा.इन्दुल केसीले सङ्ग्रहमा समेट्नुभएको छ ।
यस समीक्षासङ््रग्रहको भाषा सरल र बोधगम्य छ । समीक्षासङ्ग्रह भनिएको भए पनि अन्य सामग्रीहरु पनि छन् जुन नराखिएको भए विधागत उन्नयनका दृष्टिले पनि महत्व बढ्न सक्थ्यो कि ? जे भए पनि यति धेरै विषयका पुस्तकहरुलाई डा.इन्दुल केसीले समीक्षात्मक टिप्पणी गनृभएर सकेसम्म न्याय गर्न खोज्नुभएको छ । यो पनि उहाँमा भएको ज्ञान र सक्रियताको उदाहरण बनेको छ । यसरी नेपाली साहित्यका विविध विषयका पुस्तकहरुको समीक्षा सङ्ग्रह प्रकाशन गर्नु प्रशंसनीय कार्य भएको छ ।
फाेटाेमा हेर्नुहाेस्...