मेरा सहयात्री डा. इन्दुल के.सी.
जेठ १७, २०८०, बुधबार | विहान ०४:४८ बजे | 25
प्रेमप्रकाश फलाहारी बाबा
केन्द्रिय अध्यक्ष
त्रिफला राष्ट्रिय पुस्तकालय, झापा
प्रारम्भ
मैले दुई पटक नेपालको ७५ वटैहरू पैदल भ्रमण गरिसकेको छु । डा. इन्दुलको यात्रा नेपाल, भारत मात्र होइन संयुक्त राज्य अमेरिका वेलायत फ्रान्स, जर्मनी, इटाली, स्वीजरल्यान्ड, जापान, ग्रीस, इजरायल, थाइल्याण्ड, हङकङ्, लगायत दर्जनौं मुलुकहरू भ्रमण अवलोकन गर्ने ज्यूँदो जाग्दो नेपाली नागरिक हुन् । समाज सेवामा शिखर चुम्दै रहेका इन्दुलले स्वास्थ्य सम्वन्धि गरेको ज्ञान मैले स्वयम् अनुभव नगरे को होइन । योगका ज्ञाता, रेकी मास्टर, प्राकृतिक उपचार केन्द्रका सञ्चालक, वालवालिका तथा महिला साथै वातावरण संरक्षण जस्ता अनगिन्ति कार्यक्रमहरूमा सक्रिय सहभागिता रहेको पाएँ ।
साहित्य लेखन, कविता वाचन, भजन गायन र वाद विवाद प्रतियोगिता अग्रपङ्गतिमा उर्लिएको नदीको छाल झैं सलललल कल्कलाइ रहेको महसुस हुन्छ । इन्दुल दयालु रहेछन्, खप्तड स्वामी रचित धर्म विज्ञान जस्ता अती दुर्लभ ग्रन्थ भाग १, २, ३, र ४ त्रिफला राष्ट्रिय पुस्तकालयको आजीवन सदस्यताको हैसियतले समर्पण गर्दा पुस्तकालयका पाठकले ठूलो राहत महसुस गरेका छन् । कृति सम्पादनमा पनि उनको ठूलो भूमिका छ। उदाहरणको लागि का इन्दुल प्रधान सम्पादक रहेर वि.सं. २०५६ मा प्रकाशित पुनर्योवन पत्रिका अंक १ मा सजाइएका रचनामा नजर पदा स्वयम् बुझ्न सकन्छि ।
अध्ययनमा एम.ए, विएल त्रिवि, वैकल्पिक उपचारमा पिएचडि गर्दै व्यवहारिक ज्ञानमा निपुण मानिन्छन् । उनको स्वभाव उमेर ८२ वर्ष पुगे पनि १६ वर्ष लाग्छ । उनी चञ्चले स्भावका छन् । एकपल्ट २०७२ को चैत्र अन्त्यतिर नेपालको दोलखा चरिकोटमा जेष्ठ नागरिकको चौथो महासम्मेलन हुँदा इन्दुलसँग सहयात्रा गर्दा भएका देश विदेशका वार्तालाप, उठबस, भक्तपुर, दोलखा मार्गको चमेरे ११ नं. सिटमा ७ घण्टाको सहयात्राका सन्दर्भ वर्णन अवर्णनीय रहेको छ । सेवाभाव, उपचार भाव, दयाभाव सवै यात्रुले महसुस गर्दै थिए । इन्दुल नदीभै चलायमान मानिन्छन् ।
डा. इन्दुलको छव्विस वर्षको उमेरमा वि.सं. २०२४ साल असार २४ गते जुद्ध समसेरकी पनातिनी, मानसमसेरकी नातिनी, लक्ष्मीसमसेरकी छोरी सावित्री के.सी. राणा (विष्णु कुमारीकी सुपुत्री) सँग विवाह वन्धनमा बाधिए पछि छोरी द्वय छोरो एक जन्म भएको पाइन्छ ।
भक्तपुर– ४ को मङ्गलाछें, जन्मस्थलमा ८२ वसन्त पारगर्दै रहेका केसी ५ तले गगन चुम्वी निजी भवनमा कर्मयोगमा व्यस्त रहन्छन् । उनको कहिले झाडुयोग, कुच्चोयोग, कुटोकोदालो योग जस्ता साधनामा विहान तीन बजे देखि व्यस्त रहन्छन् । श्रीमती सावित्री पनि अव पतिदेवो भवः मा ठ्याक्कै मिल्छ ।
के.सी. शीरमा प्राय नेपाली टोपी कोट, पेन्ट सर्टमा सजिएरै हिडेको देख्न पाइन्छ । उनका योजना महत्वाकाक्षी प्राय सवैले भन्ने गर्दछन् । उनले नेपाली, नेवारी, अंग्रेजी, हिन्दी जस्ता अनेक भाषामा वोल्ने लेख्ने पढ्ने उनको आदत रहे को पाइन्छ । उनले जे चिताउँदछन् त्यो हुनु पर्दछ । अनेक कार्यक्रम वनाइ रहने सूर्य, चन्द्र तथा नदी भै इन्दुल हिड्डुल गरिरहन्छन् ।
डा. केसी वि.सं. ०५५, ०५६ तिर टि.एन पथिकको अध्यात्म मार्गमा सहयात्री भै जनचेतना जगाउने काम गरेको कुरा ओसो पथिक फाउण्डेसन सतुङ्गलको चौतर्फि कार्यक्रमहरू आरोग्य पथ, शिक्षण पथ, आनन्द पथ, योग पथ, सन्त पथ, समाधि पथ, अमृत पथजस्ता पथप्रदर्शनतिर कहिले काही र विशुद्ध देव स्वामीको हंशदा योगाश्रम वनेपामा कहिले काही त हंशदा योगाश्रमको कार्य आदिमा इन्दुल उदाउँदै शीतलता दिन्छन् ।
वि.सं. २०७२ को अन्त्य देखि पूर्वी नेपाल झापा तिर पनि उनको तन, मन, धन र कर्म स्थल त्रिफला पुस्तकालयको काठमाडौं, भक्तपुर, ललितपुरलाई झापाको उन्नतिमा लाग्न प्रेरणा प्रदान गर्दै रहेको पाइन्छ । डा. इन्दुल के.सी. को संयोजकत्वमा सात सदस्यीय त्रिफला राष्ट्रिय पुस्तकालय भक्तपुर सम्पर्क समिति गठन भै सकेको छ । सो समितिले पुस्तक, पत्रपत्रिका संग्रह गर्ने देखि केन्द्रीय कार्यालयको विकाश निर्माण बृहत योजना बनाउन पुस्तकालयको काठमाडौं उपत्यका सम्पर्क समितिका संयोजक पूर्वक्षेत्रीय प्रशासक श्रीटीकाराम अर्याल वरिष्ठ समाजसेवी तथा समितिका महासचिव तोयानाथ फूयाँलसँग आन्तरिक बैठक वसी पुस्तकालय विकास निर्माण लागि योजना वनाउने काम अग्रगतिमा रहेको पाउदा पूर्वेली शिंक्षाका मुहार मुस्कुराएका छन् । डा. इन्दुलले जहिले पनि मस्तिष्कमा समजदारी काँधमा जिम्मेवारी, हृदयमा इमान्दारीको मार्ग अवलम्वन गरी निरन्तर यात्रा गरिरहन्छन् ।
२०७२ सालको श्री पञ्चमीका दिन त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारी झापामा भएको भव्य पूजा, साहित्यिक व्यक्तिहरूको ठूलो सभा, संगितमय भजन कार्यक्रममा डा. इन्दुल के.सी.को सक्रिय सहभागिता रहेको कुरा म कहिले विर्सन सक्दिन । त्यहाँ उपस्थित धेरै व्यक्तिले तारिफ गरियो । यस पुस्तकालयको विकास, नेपाली साहित्यको विकास एवं देश विभिन्न स्थानको भ्रमणमा हाम्रो सहयात्रा भविष्यमा पनि कायमै रहोस् । साहित्यकार श्री विष्णु ओलीजीको साथ हालै डा. इन्दुल केसी झापा भ्रमणमा आउनु भई यस पुस्तकालयमा भएको एक भव्य साहित्यिक कार्यक्रममा प्रमुख अतिथि हुनुको साथै एक सारगर्भित रेडियो अन्तर्वार्ता पनि दिनुभएको थियो । जुन सामाजिक सञ्जालहरुमा प्रसारित भएको थियो ।
धन्यवाद ।