डा. इन्दुल के.सी. को प्रतिभालाई एक झलक हेर्दा


जेठ १६, २०८०, मङ्गलबार | विहान ०५:०८ बजे | 25


डा. इन्दुल के.सी. को प्रतिभालाई एक झलक हेर्दा

टीका ढुंगेल
छलमथाङ्ग, पूर्व सिक्किम
प्रारम्भ
आशा प्रतिष्ठान र पुष्पलता प्रोडक्शन प्रा. लि.को आयोजना अनुसार ३ सितम्बर २०१६ सितापाइला स्थित च्वाइस होटल काठमाडौंमा भएको कार्यक्रमको समयमा डा. इन्दुल के.सी. सँग प्रेम प्रकाश फलाहारीले गराइदिनुभयो । उहाँकै अनुरोधमा योग तथा प्राकृतिक चिकित्सालय वाराही पीठ भक्तपुरमा एक साहित्यिक कार्यक्रम भव्य रूपमा भयो । त्यसपछि भक्तपुर वरपरको रमणिय दृष्यहरू देखाउनु भयो । उहाँको घरमा त्रिफलाका अध्यक्ष प्रेम प्रकाश फलाहारी बाबा, उपाध्यक्ष राम प्रसाद दाहाल कलमकार म टीका ढुंगेल वास वस्न पुग्यौं । डा. इन्दुल के. सी. लाई हेर्दा अचम्म लाग्छ । खुल्ला हृदयका बहु प्रतिभाशाली व्यक्ति भक्तपुर वरपरका एक समाजसेवी साहित्यकार समाजका निधिनै रहेको पाएँ। काम गर्नको निम्ती उनको जन्म भएको हो । काम गर्ने र हिडेर नथाक्ने साथै साहित्य समाजका एक कर्मशील व्यक्तित्वको परिचयले परिपूर्ण भएका व्यक्ति भन्दा दुइमत नहोला । उहाँको एउटा खोजपूर्ण कृति प्रकाशित गर्नु हुँदैछ । शुभकामना डा. इन्दुल के.सी. लाई दिएर मात्र कलमकारलाई चित्त बुझेन र केही शब्दहरू प्रकाशमा ल्याउने इच्छा भयो ।
माता स्व. सेर कुमारी झा पिता स्व. केदारनाथ झाका छोरा डा. इन्दुल के.सी. साहित्य समाज तथा धर्मस्थलहरूलाई विकास गर्न दिलो ज्यान दिइ काम गरेको देख्ता प्रेरणाका प्रतिक हुन् डा. इन्दुल के.सी. भन्न सकिन्छ । डा. इन्दुल के.सी.ले गरेको समाज उपयोगी कामलाई हेर्नु पर्छ। त्रिफला राष्ट्रिय पुस्तकालयको शाखा कार्यालय सूचारूरूपले चलाएको तथ्य थाहा पाएँ ।
डा. इन्दुल के.सीको प्रतिभा मजबूत थांग्रोमा झाँगी रहेको देखें । भक्तपुर नगरपालिका, नासमना टोलको श्याम सुन्दर रास भजन मण्डल तथा मूलाख गणेश धलचा भजन घर, पुनर्निर्माणका लागि दिन रात खटी सो भजनघर निर्माण कार्य सम्पन्न भइसकेको र त्यहाँ नित्य भजनकिर्तन, धार्मिक सद्संग पनि भइरहेको जानकारी पाएँ । यस संस्थाका अध्यक्ष रहेर धार्मिक कार्यमा आस्था राखी पुन्यलाभ मार्ग तयार पार्नु भएको छ । एउटा कुरा खुलस्त पार्नु पर्दा कलमकारले इन्दुल के.सी.को डाक्टरीय ज्ञान बारे पनि अवगत गराउनुपर्छ । उहाँले मंगलयोग तथा प्राकृतिक उपचार केन्द्र खोलेर धेरै रोगीहरूको उपचार गरेका सत्यतथ्यहरू इतिहासको पन्नामा हेर्न सकिन्छ । धेरै संघ संस्थाहरूमा विविध पदहरूमा रहेर सेवा पु¥याउनु भएको छ । त्यसको लेखाजोखा गर्न मेरोमा क्षमता नै छैन । विक्रम सम्वत २०६५ मा भुईचालो कविता कृति प्रकाशन गरेर एउटा छुट्टै स्थान बनाउनु भएको छ । डा. इन्दुल के.सी. फोनमा लामो समयसम्म कविता सुनाउनु हुन्छ । उनको प्रतिभालाई एक झलक हेर्ने मौका पाएको छु । गीत भजनमा सर्जक आफैले हारमोनियम बजाएर सजिलै भजन गाएर प्रतिभाको परिचय दिएका थिए। एक झलक टाढैबाट भएपनि उहाँको प्रतिभा देखेपछि केही लेखु लेखु लाग्यो अन्त्यमा डा. इन्दुल के.सी. को उत्तरोत्तर प्रगतिको कामना गर्दै सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु ।
साभारः हाम्रो प्रजाशक्ति गाण्टोक

Comments