मेरो मान्यता


जेठ १५, २०८०, सोमबार | विहान ०८:५८ बजे | 45


मेरो मान्यता

राजु मृगेन्द्र जोशी 
भक्तपुर उद्योग वाणिज्य सघ 
भक्तपुर विकास सहयोग संघ 
इबामोरा टिचिङ हस्पिटल, भक्तपुर
प्रारम्भ
सोच आफ्नो, बिचार आफ्नो मान्यता आफ्नो र स्वीकार्य आफ्नो हुने यस समाजमा सोच अलग, विचार अलग, मान्यता अलग, स्वीकार्य अलग र समझदारी अलग हुनुको साथै मत मतान्तर हुनु पनि स्वभाविकै हो । तर सर्वगुण सम्पन्न यस संसारमा कोही पनि नहुने हुँदा डाक्टर इन्दुल के. सी. ज्यूका बारेमा अरूहरूको जस्तोसुकै मुल्य मान्यता र मत –मतान्तर भए तपनि मेरो नजरमा उहाँ एक निष्ठावान, निडर, दूरदृष्टि राख्ने, सक्षम, स्वाभिमानी, सच्चा समाजसेवी र भक्तपुरलाई ज्यादै माया गर्ने व्यक्ति हुनुहुन्छ । जसले सत्यमेव जयते लाई आत्मसाथ गरी अहोरात्र आफ्नो छिमेक र टोलवासीको भलाईलाई मध्यनजर गरी समाज कल्याणको कार्यमा विगत लामो समयदेखि परोपकारी भावले समर्पित हुँदै आईरहनु भएको व्यक्तिको रूपमा पाएको छु ।
अरूहरूको जीवनमा जस्तै उहाँको जीवनमा पनि धेरै उतार चढाव र आरोह–अवरोह पक्कै आएको हुनुपर्दछ । तथापि डा. के.सी. ज्यू ’सुखमा मात्तिने र दुःखमा आत्तिने’ मैले पाएको छैन र यस्तो असाधारण विशेषताले गर्दा र टोल छिमेकको सुख दुःख नै आफ्नो सुख दुःख र टोलको विकास नै आफ्नो विकास ठान्ने महान सोचले गर्दा आज उहाँ टोलवासीको मन मस्तिष्कमा छाई अभिभावकको रूपमा स्थापित हुन सफल हुनु भएको छ । उहाँको त्याग, तपस्या, योगदानको उच्च कदर गर्ने व्यक्तिहरू माझ उहाँ भक्तपुरके एक सच्चा समाजसेवी र लब्ध प्रतिष्ठित व्यक्तिको रूपमा स्थापित हुनुहुन्छ ।
विन्स्टन चर्चिलका अनुसार (ध्ष्लकतयल ऋजगचअजष्िि ब् एभककष्mष्कत क्भभक तजभ मषाष्अगतिथ ष्ल भखभचथ यउउयचतगलष्तथ यल यउतष्mष्कत कभभक तजभ यउउयचतगलष्तथ ष्ल भखभचथ मषाष्अगतिथ भन्ने भनाईलाई विश्वास गर्ने डा. इन्दुल के.सी. ज्यू आफ्नो जीवनको उत्तरार्धमा पनि कठिनाईलाई अवसरको रूपमा रूपान्तरण गरी कार्य सिद्धि गरिएको धेरै उदाहरणहरू छन् । जसमा बाराही पीठ विकास समिति भक्तपुरको विस्तार र विकास, स्वस्थकर जीवनयापन गर्न योगको माध्यमबाट महत्वपूर्ण जनचेतनामुलक विभिन्न कार्यक्रमको आयोजना, २०७२ सालको महाभुकम्प पीडितहरूलाई गरिएको निःस्वार्थ सहयोग र सहभागिता र त्यस्तै २०७२ साल वैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त श्याम सुन्दर रास भजन तथा मुलाखु गणेश भजन घर पुनरनिर्माण कार्यको थालनी जस्ता धेरै कार्यहरू उहाँकै सबल र सक्षम नेतृत्वमा सकारात्मक सोचको शक्तिको सार्थक हुँदै गएको सर्वविदितै छ ।
विगत लामो समयदेखि प्राकृतिक उपचार (ब्तिभचलबतष्खभ ःभमष्अष्लभ) को माध्यमबाट समाज स्वस्थ रहे समाजको कल्याण र विकास हुन्छ भन्ने अभिप्रायले परोपकारी भावले रात दिन सेवा प्रदान गर्दै आउनु भएका डा. के.सी. ज्यूको कार्यक्षमता र कार्यशैली उमेरको दाँजोमा धेरै नै बलवान पाउनुको साथै हामीहरूले पनि उहाँबाट धेरै सिक्न सकिन्छ ।
अन्तमा

उहाँको म भन्दा माथि हामी र मेरो भन्दा माथि हाम्रो जस्तो सकारात्मक सोचको उच्च कदर गर्दै उहाँको होस्टेमा हामीले हैंसे गर्न सकेको खण्डमा भक्तपुर जिल्लाको आर्थिक लगायत समग्र विकास गर्न समय नलाग्नेमा म विश्वस्त छु ।
डा. इन्दुल के. सी. ज्यूका समाज प्रतिको योगदानलाई उच्च मूल्याड्ढन गर्दै सबैमा सकारात्मक सोचको विकास होस भनी माँ श्री भवानीसँग प्रार्थना गर्दछु र हाम्रो भक्तपुर राम्रो भक्तपुर भन्दै भक्तपुरप्रति आफूलाई सर्मपित गर्दै सफलताको कामना गर्दछु ।
.........

Comments