आध्यात्मिक र्याली आयोजना
जेठ १४, २०८०, आइतबार | विहान ०५:२९ बजे | 60
राजधानी काठमाडौं लगायत सात प्रदेशका सात वटै मुख्य - मुख्य शहरहरूमा गत बिहिवार एकै साथ आध्यात्मिक र्याली आयोजना भएको छ । "सत्गुरु सोभा यात्रा" नाम दिइएको उक्त र्याली शहरका विभिन्न स्थानहरु परिक्रमा गरी सम्पन्न भएको हो । आज भन्दा ६२६ वर्ष अगाडि आध्यात्मिक लीला गर्न "कबिर परमेश्वर" पृथ्वीमा प्रकट भएको सम्झनामा कबिर पन्थीहरूले यो दिनलाई विशेष दिनको रूपमा मनाउदैँ आएका छन् भने यस वर्ष त्यो दिन वि.स. २०८० जेठ २१ गते तद्नुसार ई.स. २०२३ जुन ४ का दिन पर्न गएको छ । उक्त दिनको महत्व समाजलाई बुझाउने उद्देश्यका साथ सतलोक आश्रम धनुषा , मिथिला नगपालिका वडानं २, बेलाचापीमा आगामी जेठ १९, २० र २१ गते अखण्ड पाठ, विशाल भण्डारा लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको र उक्त कार्यक्रममा सपरिवार सहभागीताका लागि निमन्त्रणाका साथै सतगुरु सोभा यात्रा कार्यक्रम आयोजना भएको हो । "बन्दी छोड सतगुरु रामपालजी महाराजको जय होस् । वेदहरूमा प्रमाण छन् - कबिर साहेब भगवान हुन् । गीतामा प्रमाण छन् - कबिर साहेब भगवान हुन् । वाइवलमा प्रमाण छन् - कबिर साहेब भगवान हुन् । कुरान सरीफमा प्रमाण छन् - कबिर साहेब भगवान हुन् । गुरुग्रन्थ साहेबमा प्रमाण छन् - कबिर साहेब भगवान हुन् । दुनियाँ सारा अन्जान छन् - कबिर साहेब भगवान हुन् । जीव हाम्रो जाति हो , हाम्रो मानव धर्म - हिन्दु ,मुस्लिम, सिख , इसाई धर्म एकै -पृथक छैन मर्म । सतलोक हाम्रो ठेगाना हो - सत भक्ति गरेर जानु छ । " जस्ता नाराहरु लगाउँदै सडकमा देखिएका विश्व विख्यात सन्त रामपालजी महाराजजीका अनुयायीहरूको उपस्थितिमा "पूर्ण ब्रम्ह कबिर उपासक समाज नेपाल" द्वारा आयोजित कार्यक्रम शहरका मुख्य - मुख्य चोक हुदैँ नगर परिक्रमा गर्दै सम्पन्न भएको हो । सम्पूर्ण धर्म ग्रन्थहरूमा सयौ ठाउँमा स्पष्ट रूपमा कबिर साहेब नै ती परमात्मा , परमेश्वर हुन् - जसले यो सारा सृष्टि को रचना गरेका हुन् , उहाँ नै अविनाशी , अजन्मा हुनुहुन्छ । पुजनीय पनि हुनुहुन्छ । उहाँ बाहेक अन्यको पूजाले परम शान्ति प्राप्त हुन सक्दैन , हाम्रो मानव जीवनको मुख्य लक्ष्य भनेको मोक्ष प्राप्तिका लागि हुनुपर्छ - भनी लेखिएको भएता पनि ती पवित्र पुस्तक हरूले दिन खोजेको निर्मल ज्ञान ग्रहण गर्न नसकेर युगौ युग देखि ८४ लाख योनीमा भड्किदै बसेको र त्यो निर्मल ज्ञान तत्वदर्शी सन्त ले मात्र बुझाउन सक्ने भनी पवित्र गीतामा पनि लेखिएको देख्न सकिन्छ । र त्यो तत्वदर्शी सन्त वर्तमान समयमा सन्त रामपालजी महाराज रहनु भएको र उहाँसंग नाम दिक्षा लिएर सत भक्ति गरेर जन्म - मृत्युको दिर्घ रोगवाट मुक्ति पाउने अचुक उपचार प्राप्त गर्न पनि अनुरोध गरियो।