ग्याँस चुलाे मर्मत सम्बन्धि एकदिने तालिम


जेठ १४, २०८०, आइतबार | विहान ०५:१६ बजे | 45


ग्याँस चुलाे मर्मत सम्बन्धि एकदिने तालिम

मध्यपुर थिमि । ग्याँस सम्बन्धी जानकारी नहुँदा अप्रिय घट्नाहरू बढिरहेकाे समयमा उपकार बचत तथा ऋण सहकारी संस्था लि.अन्तर्गत ब्यवसाय प्रवर्दन उपसमितिले जेष्ठ १३ गते शनिवार आज  ग्याँस चुलाे मर्मत सम्बन्धि एक दिने तालिमकाे आयाेजना गरेकाे छ । संस्थाकाे कार्यालय भवनमा आयाेजित उक्त तालिममा संस्थाका  २५ जना शेयर सदस्यहरूकाे सक्रिय सहभागिता रहेकाे थियाे ।  भक्तपुरका गंगाराम रंजितकारले प्रशिक्षण दिनुभएकाे साे अवसरमा संस्थाका अध्यक्ष कान्छाभक्त घजुले तालिमकाे महत्वबारे जानकारी दिनुहुँदै अअधुनिकरण जिवनयापनकाे क्रममा ग्यासकाे महत्व भएसँगै त्यसलाई सहि सदुपयाेग गर्न सकेन भने भयानक दुर्घटना घट्ने हुदाँ ग्याँसकाे सहि प्रयाेग तथा सदुपयाेग सम्बन्धी राम्राेसँग ज्ञान हुनु पर्ने बताउनुभयाे ।
साेही अवसरमा प्रशिक्षक रंजितकारले ग्याँस सम्बन्धी जानकारी दिनुहुँदै ग्याँसलाई सहि तरिकाले सदुपयाेग गर्ने र ग्याँसकाे सरसफाई गर्ने तरिका बारे जानकारी दिनुभएकाे थियाे ।

Comments