सुरक्षित महिनावारीलाई राष्ट्रिय याेजना भित्र राख्नुपर्छ : उपसभामुख राणा
जेठ १३, २०८०, शनिबार | विहान ०९:४९ बजे | 55
काठमाडौं, १३ जेठ । महिलाहरूकाे महिनावारीलाई सुरक्षित बनाउन राष्ट्रिय याेजना भित्र राख्नुपर्ने बताउनु भएकाे छ । सुरक्षित महिनावारी हाम्राे प्रतिबद्धता भन्ने नाराका साथ एक्सपाेज नेपालले आयाेजना गरेकाे अन्तराष्ट्रिय महिनावारी दिवसकाे उपलक्षमा उपत्यकाव्यापी साईकल र्यालीमा उपसभामुख इन्दिरा राणामगरले यस्ताे बताउनुभएको हाे । राणाले सुरक्षित महिनावारीलाई राष्ट्रिय याेजना भित्र राखेर नेपालमा उत्पादन भएका घरेलु प्याडलाई बिशेष प्राथमिकताका साथ प्रयाेगमा जाेडदिने बताउनुभयाे । उहाँले नारी मात्र नभएर पुरूष पनि महिलाहरूकाे महिनावारीमा उतिकै जिम्मेवारी बन्नुपर्ने बताउनुभएको छ । उहाँले जनचेतनामा महिला मात्र हाेइन पुरूष पनि जाेडिने हुनाले पुरूषकाे पनि साथ सहयाेग आवश्यक रहेकाे बताउनुभयो । उहाँले विश्वका महँगा कपडा जेलरहरूले उत्पादन गरिने भन्दै घरेलु प्याड पनि जेलरहरूलाई प्रशिक्षण दिएर उत्पादनमा लगाउनुपर्ने बताउनुभयाे । एक्सपाेज नेपालले हरेक वर्ष २८मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपाेज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, याैन हिंसा, याैनिकता र महिनावारीलगायतका काममा सकृय रहँदै आएकाे छ । उपत्यकाकाे काठमाडौं, भक्तपुर र ललितपुरबाट आयाेजना गरिएको साईकल र्यालीमा भक्तपुर साईकल कनेक्ट, काठमाडौं काेरालगाएतका टिम गरि ३५७ साईकलयात्री सहभागी भएका छन् । कार्यक्रममा एक्सपाेज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालमा उत्पादित घरेलु प्याडलाई सरकारले प्राथमिकता दिनुपर्ने र ९० प्रतिशत केमिकल युक्त प्याडलाई सरकारले प्राथमिकताकाे सूचीबाट हटाउनुपर्ने बताउनुभयो । उहाँले सन २००७ देखि सुरूभएकाे एक्सपाेज नेपालले २०१५ देखि सकृय रहेर हालसम्म आउँदा ७ हजार २ सय जनालाई घरेलु प्याड उत्पादन प्रशिक्षण सञ्चालन गरेकाे बताउनुभयाे ।