अवस्था


जेठ १३, २०८०, शनिबार | विहान ०६:४४ बजे | 15


अवस्था

सुनील सापकोटा , कौशलटार, भक्तपुर सपनामा पनि सोचेको थिएन् कुनैदिन मोहनी लाग्छ भनेर अपूर्व संयोग नै थियो या दैवको लिला यो त ज्योतिषीले पनि नजान्ला यो त मनको डाक्टरले पनि नबुझ्ला सपना सजाउनु त पाप नहोला तिमी मेरो जीवनमा आउनु अधि मेरो जिन्दगी मरुभूमि झैं थियो तिमिले त्यस्मा बिरुवा लगायौ थन्किएको सितार टुटेको थियो तिमिले त्यस्मा संगीत दियौ प्रीये तिमी संग बिछोड भएपछि हिजोआज अहिले त्यही पुरानो एक्लो अवस्थामा पुगे कर्णप्रिय मधुर धुन रोकिए जस्तो या अक्सिजन नभएको बन्द कोठामा बसे जस्तो

Comments

ताजा खबर