सूर्यविनायक नगरपालिकामा विकास निर्माणको अनुगमन र स्थलगत अन्तरक्रिया
जेठ १२, २०८०, शुक्रबार | विहान ११:५४ बजे | 50
भक्तपुर । सुर्यविनायक नगरपालिकाको नमूना विकास अनुगमन र स्थलगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा नगरपालिकाको वडा नं. १, २, ४ र ७ अनुगमन र स्थलगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा वडा नं. १ का वडाअध्यक्ष सानुकाजि कायस्थले सडक पूर्वाधारका धेरै काम सकिएको बताउनुभयो । शिक्षामा विद्यालय सुधारका कार्य लागू गरिएको र वडामा रहेका ५ वटा सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा वडाको चासोका साथ लागिरहको बताउनु भयो । वडा न. १ र ४ जोड्ने पुलको समेत निर्माण भइरहेको बताउनु भयो । सिरुटारको माथिल्लो भेगमा समेत पक्की सडक विस्तारको कार्य चलिरहेको उहाँको भनाई रहेको छ ।
वडा नं २ का अध्यक्ष प्रदिप कार्कीले वडामा विकाश निर्माणका कार्यहरु नियमित रुपम भइरहेको बताउनु भयो । उहाँको वडामा ढल निकाशको लागि मुख्य काम भइरहेको छ । सामुदायिक विद्यालयमा सुधारका धेरै कार्य भएकाले स्थानिय बासिन्दामा समेत सामुदायिक विद्यालयप्रतिको रुचि बढ्दै गएको बताउनु भयो । यो वडामा खानेपानीको भने मुख्य समस्या भएकाले नगरपालिका यसको समाधानकोलागि लागिरहेको बताउनुभयो ।
४ न. वडाका वडाध्यक्ष लछुमन न्यौपाने वडामा संघ, प्रदेश र नगरपालिकाबाट विभिन्न शिर्षकमा बजेट विनियाजन भइरहेको र सो अनुसार विकाश निर्माणका कार्यहरु अगाडी बढिरहेको बताउनुभयो । चारखालबाट छहरेसम्म सडक कालोपत्रे कार्य भइसकेको बताउनु भयो । शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण कार्यहरु चलिरहेको बताउनुभयो ।
त्यसैगरि वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले व्यक्तिले प्रयोग गरिहेको सार्वजनिक जमिनलाई बजेट विनियोजन गरि रंगशाला बनाउने कार्य चलिरहेको बताउनु भयो । वडाको खानेपानीको समस्या समाधान गर्न वृहत खानेपानी योजना चलिहेको बताउनु भयो । अघिल्लो पटक सडकको माग धेरै भएपनि यसपटक पार्टी पौवा र मन्दिर लगायतका संरचना बनाउन माग भएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, उपाध्यक्ष लिला श्रेष्ठ, सचिब संजिप घिमिरे, निर्वतमान अध्यक्ष पुष्करराज बुढाथोकीलगायत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकाहरुको विशेष सहभागिता रहेको थियोे । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले स्थानीय सरकारको गरेका नमूना कार्यहरुको जानकरी सर्वसाधरणमा लान यस्ता खालका कार्यक्रम नियमित गर्नुपर्ने बताउनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...