डा. इन्दुल के.सी.
जेठ १२, २०८०, शुक्रबार | विहान ०८:१७ बजे | 25
आचार्य श्री ओशो पथिक
सतुंगल, काठमाडौं
प्रारम्भ
इन्दुल के. सीज्यू एक कुशल इमान्दार तथा कर्तव्यनिष्ठ कर्मचारी हुनुहुन्थ्यो । उहाँ सँगको मेरो पहिलो भेट २०५२ सालमा भएको थियो । सेवा निवृत्त भए पश्चात प्राकृतिक चिकित्सा, योग र अध्यात्म मार्गमा लागेका हुनुहुन्छ । समाज सेवक भएकोले एक कुशल समाज सेवकको रूपमा पनि परिचित हुनु हुन्छ । हसिला, मिजासिला मिली जुली काम गर्ने, जानेको सिकाउने, नजानेको सिक्ने, अनौठो गुणका धनी हुन्छ । उहाँ आफ्नो टोल छिमेकमा परिआएको समस्यालाई अगुवा भई अगाडी आई समस्याको समाधान खोज्नु हुन्छ, सेवा निवृत्त भए पश्चात आफ्नो जीवनको अनुभव आफू भन्दा सानालाई दिनुका साथै समाजमा राम्रो काम गर्नु पर्छ, जीवनमा केही बन्नु पर्छ भन्दै उपदेश दिनु हुन्छ ।
उहाँको प्राकृतिक उपचार गर्ने शैलीबाट म अत्यन्त प्रभावित छु । उहाँ प्राकृतिक रूपबाट नै प्रायः रोगहरूको उपचार गराउन महारथी हुनुहुन्छ । उहाँले पथिक हेल्थ फाउण्डेशनका (अद्वैतमार्ग–बागबाजर) संस्थापक निर्देशक भई काम गर्नु भएको थियो । सो अवधिमा स्वास्थ्य क्षेत्रमा हामीहरूले प्राकृतिक चिकित्सा क्षेत्रका विभिन्न क्रियाकलापहरू जस्तो प्राकृतिक उपचार, योग, ध्यान, रेकी, चुम्बकीय उपचार लगायतका विविध माध्यमहरूद्वारा विभिन्न क्रियाकलाप एवं प्रशिक्षणहरू प्रदान गरेका थियौं ।
उहाँले पथिक हेल्थ फाउण्डेशनको प्रकाशन पुनर्यौवन पत्रिकाको प्रधान सम्पादक भएर सम्पूर्ण कामहरू एक रूपैया पनि नलिई, शारीरिक र मानसिक रूपले र निश्वार्थ भावनाले सहायता गर्नुभएको थियो । उक्त पत्रिकाको माध्यमबाट नेपालका स्वनामधन्य विशेषज्ञ डाक्टरहरूसँग विभिन्न अन्तर्बाताहरूको माध्यमबाट जीवनमा योग र ध्यानको महत्व, विभिन्न कार्यहरूलाई ज्ञान गराउने पुनितकार्यलाई सदा अगाडी बढाइरहनु भयो । उहाँ विभिन्न सामाजिक क्षेत्रमा आफूले जाने बुझेको कार्यमा अझै पनि सर्मपित हुनुहुन्छ ।
उहाँ प्रकृति प्रेमी, गहन अनुसन्धानकर्ता, समाजसेवी भएकाले, देशको राजनीतिमा चासो राख्नुहुन्न । पथिक हेल्थ फाउण्डेशनबाट उहाँले विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी समाजमा रहेका असाहय, गरिबी र अपाङ्गलाई निःशुल्क उपचार दिई, स्वास्थ्य उपचारबाट कोही बञ्चित नहुन भनी यस्ता शिविर आयोजना गरिराख्नु हुन्छ । उहाँको यस्ता कार्यको वर्णन गर्ने मेरा शब्दहरू अपूरा छन् । सादा जीवन उच्च बिचार राख्ने व्यक्तिका बारेमा केही भन्न, लेख्न पाउँदा आफूलाई गर्व महसुस गर्दछु । ईश्वरसँग उहाँको उत्तरोउत्तर प्रगतिको प्रार्थना गर्दछु ।
फाेटाेमा हेर्नुहाेस्...