५० जनाले गरे रक्तदान
जेठ ८, २०८०, सोमबार | दिउँसो १२:३५ बजे | 25
बाबुकाजी श्रेष्ठ
मध्यपुर थिमि– भक्तपुर जिल्ला मानन्धर युवा संघको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५० जना महिला पुरुषले रक्तदान गरेका थिए ।
संघका अध्यक्ष बाबुकाजी मानन्धरका अनुसार नवरत्न इङ्गलिस सेकेण्डरी स्कुल मध्यपुर थिमि निगूपुखू (दुईपोखरी)मा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमिको प्राविधिक सहयोग रहेको र महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको शिविर पनि रहेको हुनाले स्वास्थ्य शिविरमा नेपाल अष्ट्रेलियन सभांइकल क्यान्सर फाउन्डेशनको प्राविधिक सहयोग गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा सिवाः साय्मी खलः र मानन्धर युवा समूहले व्यवस्थापनमा सहयोग गरिएको उक्त कार्यक्रममा ९९ जना महिला पुरुषहरुले पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी रोगको परीक्षण गरेको संघका निवर्तमान अध्यक्ष न्हुछे मानन्धरले सञ्चारकर्मीलाई बताउनुभयो ।