एमाले उपमेयरकी छोरी स्वतन्त्र पार्टी सूर्यविनायकको सचिव !


जेठ ८, २०८०, सोमबार | विहान ०७:२६ बजे | 35


एमाले उपमेयरकी छोरी स्वतन्त्र पार्टी सूर्यविनायकको सचिव !

भक्तपुर, जेठ ८ गते
आज भक्तपुरको चुनदेवी सूर्यविनायक रिसोर्टमा भएको एक विशेष कार्यक्रममा भक्तपुर ग्रेस एफएमका प्रमुख केशब लुइँंटेललगायतका सयौंको सहभागितामा दजर्नाै वढी जनाले स्वतन्त्र पार्टीको लोगो प्राप्त गरी पार्टी प्रवेश गर्नुभएको छ । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रामेश्वर बस्नेतले नवप्रवेशी सदस्यहरुलाई स्वागत गर्दै पार्टीको लोगो प्रदान गर्नुभई खुशी प्रकट गर्नुभयो । 
उक्त समारोहमा केशव लुइँंटेलले भन्नुभयो, यो देशको विकास निर्माण गर्न यस पार्टीको विधान, नीति तथा कार्यक्रमहरुलाई हामीले अध्ययन गरी आज भक्तपुरका हामी तीन दर्जन भन्दा वढी जनाले यो पार्टी प्रवेश गरेका छौं । भोलिका दिनमा हामीले यस पार्टीको झण्डा उचाली भक्तपुरका जनताहरुको सेवा गर्ने प्रण गरेका छौं । हामीलाई विश्वास छ, केवल यो हाम्रो भनाई मात्रै होइन, हामीले सेवा भावले गरेका कामले भक्तपुरका धेरैजना बुद्धिजीवी, श्रमजीवी, किसान, मजदुर, व्यापारी, साहुमहाजन, युवायुवतीहरु धेरैले हाम्रो काँंधमा काध मिलाई भक्तपुरमा जनलहर आउनेमा हामी विश्वस्त छौं । 
भेलाले सूर्यविनायक नगरपालिका वडा नं ६ जिल्ला समिति गठन गरेको छ । ११ सदस्यीय कार्यसमितिका साथै १६ सदस्यीय सल्लाहकार समिति गठन गरियो । वडा समितिको संयोजकमा केशव लुइँंटेल, सहसंयोजक लालबहादुर श्रेष्ठ
र सचिव अम्वरबहादुर कार्की रहेका छन् । समितिका सदस्यहरुमा जीवन घिमिरे, दीपक उप्रेती, दीपक श्रेष्ठ, यादव गौतम, राजु अवाल, रीता कार्की, मातृका पाण्डे र विशेषता वस्नेत रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य सूर्यविनायक नगर समितिका सदस्य रामकृष्ण देउजाले गर्नुभएको थियो । 
भक्तपुर जिल्लाका संयोजक रामेश्वर वस्नेतले उपस्थितहरुलाई टिमलाई व्याच वितरण गर्नुभएको थियो । यसअघि पार्टीको सूर्यविनाक नगर समितिका संयोजकमा मनोज केसी, चाँंगुनारायण नगरपालिकामा नयन्द्र बास्तोला संयोजकत्वमा समिति गठन गरिएको छ । साथै मध्यपुर र भक्तपुर नगरमा पनि समिति गठनको तयारी भइरहेको जनाइएको छ ।
वडास्तरमा गठन भएको यो दोश्रो वडा समिति हो । यसअघि पहिलो पटक चाँंगुनारायण नगरपालिका वडा नं ५ मा वडा समिति गठन भइसकेको थियो । सूर्यविनायक नगर समितिको सचिवमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना वस्नेतकी सुपुत्री आस्था वस्नेत रहेकी छन् । यसरी पार्टीप्रति कांग्रेस, एमालेलगायतका नेता कार्यकर्ताहरु पार्टी प्रवेश कार्यक्रमको लहर नै चलको जनाइएको छ । जुना एमालेबाट उपप्रमुखमा विजयी हुनभएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

एमाले उपमेयरकी छोरी स्वतन्त्र पार्टी सूर्यविनायकको सचिव !

Comments