मात्र इन्दुल के.सी. इन्दुल के.सी मात्र
जेठ ७, २०८०, आइतबार | दिउँसो ०३:५६ बजे | 30
तेजेश्वर बाबु ग्वगः
बलाको सूर्यविनायक
निष्ठाछें, भक्तपुर
प्रारम्भ
वि.सं २०१५ साल नेपालको पहिलो आम निर्वाचन अवसर। चुनाव प्रचार अभियानमा तिव्रता आइ रहेथ्यो । श्री प्रयागराज सिंह सुवाल काठमाडौबाट भक्तपुर आउनु भयो । तेखाचो टोल गाचा.मा बैठक कोण सभा । सिंहको प्रवचनक्रमा इन्दुल के. सी. ले प्रयागराजसिंहज्यूसँग प्रश्नोउत्तर क्रममा तिव्र र तिक्ष्ण प्रश्नहरू प्रक्षेपण गरेको झझल्क्यो । ताजा लाग्छ अझै मेरो सम्झनामा । पिता श्री केदारनाथ झाज्यूकी नेवार पत्नीको कोखबाट जन्मेका इन्दुल । उनी निडर प्राणि विभिन्न कार्यहरू गर्न नहिचकिच्याउन युद्धमा लागेको सिपाही जस्तो ।
अनेक फाँटमा टेक्दै हिड्ने इन्दुल– हिड्डुल गति । हिडहडुल रूचाउने प्राणीको स्वभाव– के.सी. का इन्दुल– इन्दुल के.सी. । आफनै घरआगन भक्तपुर मंगलाछें टोल ब्रम्हपुर चोकमा स्थित श्री श्याम सुन्दर राशभजन मण्डल धाम । भजन गाउन किर्तन मचाउन बालक कालदेखि अभ्यस्त । अझै पनि भजन किर्तन मचान उद्येत । भजन भक्ति शब्द व्यञ्जनाबाट ईश्वरीय लिला । ईश्वर हरूका चरित्रवान । इन्दुल राशभजन गर्न रूचाउँछ । भजन मण्डल मचाउँछ इन्दुल । त्यसैले इन्दुल हिड्डुल – हिँडडुल इन्दुल । भजन गाउनु धार्मिक गान बजान । गाउन बजाउनका निमित्त सुमधुर स्वर पहिलो आधार । कलाकारमा कुचो बनेर रङ्ग रेखा कोर्न मानौं कलाकार जस्तै । उसले जागिर खाए । जागिर पाए । देश विदेश डुले । संसार केही देखे । जागिरे राष्ट्र सेवा र राष्ट्र सेवक जागिरले इन्दुलले निभृत्तिकरण पाए । निवृत्त भएकाले केही र केही भर गरे इन्दुलललाई । जागिर राष्ट्र सेवक बने। राष्ट्र सेवक जागिरे बने दीर्घ सेवाका सेवा रहे । धेरै लामो दीर्घसेवा गरे इन्दुलले अलिक सेवाका अवधिले इन्दुललाई पीडा दिए । दुर्बल मनोवलका प्राणि थिएनन् इन्दल । इन्दुललाई कसले छेक्ने ? छेकेर छेकिने स्वभावत उनको मनोविज्ञान र मनोविश्लेषणात्म स्वाभावै देखिनन इन्दुलको । कसैसित केही नमाग्ने, स्वाभावजन्य इन्दुलका के.सी. ।
कवि भुइँचालो कहिले भजन गायक इन्दुल कहीले कवि । भुइँचालो कविता उनको कृति नै भुइँचालो। कविता लोकापर्ण भयो, कविता कोमल भावका तरङ्ग तरेली कविता विद्रोह भावका आक्रोशपूर्ण ज्वालामुखी मात्र नभई सौम्य र शालीन मनवेगका सुललित अभिव्यञ्जना पनि । यहाँ हुदाँ विद्रोही भावनका रौंको आक्षेप र लान्छनामा व्यक्त हुँदा कविता एकवित्ता बन्ने वर हुन्छ । इन्दुलको कविताका स्वरूप कस्तो छ ? इन्दुलकै रूप स्वरूप जन्य छ । कविता कविताकरणका अन्त्य हो । इन्दुलले छातीमा हात राखेर कविता रचे ।
श्री वाराही पीठ समितिका अध्यक्ष सांस्कृतिक परम्परा भनौ परम्परारिक संस्कारमा नाइके रहेको इन्दुल। एक प्रकारका अगुवा भगुवा बनेन । अगुवाको मूल धन वर्चश्वशाली अगुवाई । अगुवाको दायित्व बोधबाट टाढा छैन इन्दुल । मृदु भाषा, शिष्ट, मिष्ट बचन, अरूको मन जित्न सक्ने क्रियाकलाप, कोष सन्तुलन र संग्रह गर्ने क्षमता नाइकेको यक्ष दायित्व र भुमिका । यिनकै लागि अनिवार्य हुन्छ। कवि भएर कवितापूर्ण अभिव्यक्ति बनाउन सक्नु कवितापूर्ण दुर्भाषा बन्नबाट बचाउने क्षमता ठान्छु यसको लागि केही चाहिन्न ।
नेतृत्व गुण अरूलाई चिन्तनका साथ सुन्न सक्नु अरूलाई मनग्य सुनेर यहाँको मुल मनसाय यस्तो बुझें यसो हो कि ? यो भन्दा अरू पनि ? बोल्नेको बचनमाथि कृतज्ञता ज्ञापन सूचक अभिव्यञ्जना । नत्र लम्वा भाषण, चन्दा रासन, कदम कदमा विरोध प्रदर्शन जतिकै हुन पुग्छ । नेतृत्ववान क्षमताका यक्ष रूप स्वरूप यसै भए हुन्थ्यो । इन्दुल केसीलाई बताउनै नपर्ने गरी विज्ञ छन् उनी । उल्लेखै गर्न नपर्ने उल्लेख हुन पुग्नु त कलम खुस्किनु, सोचमा घोच पस्नु हुन सके पनि खुस्किन्छ कलम ।
अनेक क्रियाकलापमा लागिरहने लहडी इन्दुलका अनेक योजानहरूका लाइन छन् । मनमा । योजना कार्यान्वयन खातिर मनमनै जान्ने भेद नखोल्ने आदत बने आत्मघाटि बन्न सक्छ । प्रत्येक मनका योजना अवधारणा पत्रमा अभिमुखिकरपण भएर तिनकै जगमा कार्ययोजना तर्जुमा विशेषज्ञहरूबाट हुनु बाँछनीय मात्र होइन अनिवार्य छ । यति त इन्दुलका के.सी. र के.सी. का इन्दुलका हिडडुलमा अवतरण हुने भएको अपेक्षा छ । अवधारणापत्र, प्रस्ताव पत्र अनि कार्यपत्रमा जग हालेर कार्ययोजना तयार पारी कार्यक्रम थालनी गर्दा अवलोकन, पर्यवेक्षण, सुपरिवेक्षण र मूल्यांकन निम्ति स्वस्थ्य आधार बन्छ । इन्दुललाई भन्नै परोइन । उनले बुझेको आभाष मिल्छ ।
इन्दुलका हिडडुलका अनन्त गति छन् । डुलफिरका जुरूकिन्छ । उनको निर्मित स्वभाव अनि स्वभावमा निर्मित इन्दुल योग प्राकतिक चिकित्सा साधनारत रहन्छन् । अनेक योगका योगि र साधानका साधक संयोग गराउँदै हिडडुल गर्छ इन्दुल । कहिले योग साधना कहिल्यै साधना नै योग बन्छ उनको । मैले आस्थापूर्वक इन्दुलबाट ग्रहण गरेको योगाभ्यास सार्थक बन्छ, बन्यो । कम्मर दुखेको निष्ठा घरका मेरो आत्माले कम्मर डोलाउने घुमाउने योग साधना साधन गर्न पाएँ । इन्दुलले मलाई सिवाय क्रमशः तीन तीन चक्कर कम्मर घुमाउँदा दाँया वायाँ, वायाँ दायाँ तीन तीन पटक मेरो निष्ठाछें निवासमा मेरो कम्मर दुखाई साम्य हुँदै गयो । क्रमिक घुमाईका रहस्य त आफनो शरीरभित्रै स्वनिर्मित र नैसर्गिक तवरले निर्मित लुब्रिकेण्ट श्रोत परिचालन भई स्वतस्फुर्त हुदो रैछ ।
अहिलेलाई आदरणीय पाठक श्रोता महानुभाव । अथः र इतिश्री मात्र इन्दुल के.सी. इन्दुल के.सी मात्र बन्दना शुभम् समाप्तम ।