वः फेस्टिबलमा बिनायक शिक्षाको सहभागिता
जेठ ६, २०८०, शनिबार | दिउँसो ०३:४९ बजे | 40
शनिबार मध्यपुर थिमि नगरपालिका र पर्यटन विकास समितिको संयुक्त आयोजनामा मध्यपुर थिमिको स्थानीय चाडपर्व,कला संस्कृति र खानालाई प्रचार प्रवर्द्धन गरि र्पर्यटन विकास गर्ने उद्देश्यले आयोजित व: नखा: फेस्टिबलमा बिनायक शिक्षा निकेतन इङ्लिस स्कुल अर्न्तगत school enterprises award मा सहभागिता विद्यार्थीहरुको समूहले दही मही फलफूलको बिक्री स्थल राख्नु भई उक्त कार्यक्रममा सहभागी जनाउन भएको थियो । उक्त वः फेस्टिबलमा सहभागिता गराउनु को प्रमुख उद्देश्य विद्यार्थी भाई बहिनी हरु लाई सानैदेखि उद्यमशिलता र व्यावहारिक ज्ञान हासिल गराउनु र स्वावलम्बी हुन सिकाउने बिनायक शिक्षा निकेतनका कार्यक्रम सयोजक सन्ध्या झाले बताउनुभयो । उक्त कार्यक्रममा वः लगायत विभिन्न खाद्य पदार्थहरूको बिक्री बाट रू 30000।भन्दा बढी व्यापार भएको अर्को शिक्षिका सरु श्रेष्ठले बताउँदै यसप्रकारको क्रियाकलापबाट विद्यार्थीहरुले धेरै व्यवहारिक ज्ञानहरु आर्जन गर्न सिक्ने बताउनुभयो विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आयोजक सस्था लाई धन्यवाद ज्ञापन गर्दै विद्यालयल प्रगतिशील शिक्षालाई आत्मसात गर्दै विद्यार्थीहरुलाई विद्यालय भित्र मात्र नभई विद्यालय बाहिर पनि धेरै कुरा सिकाउन र सिक्ने बताउनुभयो ।