नेकपा एस भक्तपुरको अध्यक्षमा डा कोजू निर्वाचित


जेठ ६, २०८०, शनिबार | विहान ११:४० बजे | 35


नेकपा एस भक्तपुरको अध्यक्षमा डा कोजू निर्वाचित

भक्तपुर, जेठ ६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भक्तपुर नगरको अध्यक्षमा डा राजेन्द्र कोजू निर्वाचित भएका छन् । पार्टीको शनिबार भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । 
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग, निर्वाचित भए । त्यस्तै सदस्यहरुमा अनिता जति, रश्मी श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन् । 
अधिवेशनको उदघाटन पार्टीका केन्द्रिय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं जिल्ला संयोजक धु्रबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथ अघि वढ्नुपर्ने बताए । 

Comments