मनोज केसीको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सुर्यविनायक नगर समिति ेगठन
जेठ २, २०८०, मङ्गलबार | विहान ०४:५० बजे | 40
भक्तपुरः मनोज केसीको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सुर्यविनायक नगर समिति ेगठन गरिएका छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न सूर्यविनायक नगर समितिको बृहत बैठकले केसीको नेतृत्वमा गठन गरिएको हो ।
कार्यक्रममा सभापति लामिछानेले जनताको पक्षमा काम गर्दै गए वर्तमान सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।
दोषीमाथि कारबाही गर्न र पक्राउ गर्न सरकारलाई खुट्टा नकमाउन आग्रह गर्दै उनल भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई धन्यवाद दिएको र वाइडबडी, यति, ओम्नीलगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग पनि गर्दै जानेछौं । तीन दिनका शीर्ष नेता सुटुक्क बसेर भ्रष्टाचार काण्डलाई विषयान्तर गर्न खोजेर दोषीलाई उन्मुक्ति दिन खोजे जनतालाई साथमा लिएर त्यसका विरुद्ध घण्टी बजाउछौं ।’
कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धीकरण गर्नुपर्ने औंल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरीब बनाएको आरोप लगाए ।
रास्वपाका केन्द्रीय सदस्य डा। तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भएपनि शासकीय सोच परिवर्तन नभएको भन्दै उनले व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताए ।