पशुपति जान्छु भनी गएका थिए


बैशाख ३१, २०८०, आइतबार | दिउँसो ०३:३६ बजे | 35


पशुपति जान्छु भनी गएका थिए

भक्तपुर । पशुपति जान्छु भनी गएका एकजना मजदुर बेपता भएका छन् । उनी झण्डै तीन हप्ता अगाडिदेखि सम्पर्कविहीन भएका हुन् । 
मोरंगको रतुवामाई नगरपालिका १ कमलपुर घर भई हाल भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित हनुमान इटाभटा ३ मा मजदुरी गर्ने वर्ष २४ का रामु मुरमुर बेपता भएका हुन् । उनको खोजी कार्यका लागि जगाती प्रहरी बृतमा निवेदनसमेत दिइसकिएको छ ।

Comments