मध्यपुर थिमिको दुईपोखरीमा बः फेस्टिभल हुने
बैशाख ३१, २०८०, आइतबार | विहान ०५:५७ बजे | 135
मध्यपुर थिमि । सिथिनखको पावन अवसरमा मध्यपुर थिमिको आयोजनामा मध्यपुर पर्यटन विकास समिति संयोजनमा नेवाः समुदायको विशिष्टकृत खाना बः (मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफुलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकार प्रकार दिई पकाइने खाना) फेष्टिबल हुने भएको छ । नेवा समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने र सो खानाकोबारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जनाकारी गराई मध्यपुर थिमिका पर्यटकिय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी स्थानिय समुदायका आय आजन गर्ने उद्देश्य लिइ व फेस्टिभल गर्न लागिरहेको जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकिय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशको कुनाकाप्चा पुरयाइ यहाँको हरेक ठाउँ र हरेक अद्वितिय जनमोल रत्नहरुको सौहादपूर्ण र अमुल्य प्याकेज निर्माण गरी मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाइ संरक्षण गरी मध्यपुरलाई पर्यटकिय गन्तव्य बनाउने उद्देश्यसहित फेष्टिबल गर्न लागेको उनले जनाए ।
मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल गर्न गइरहेको बताए । मध्यपुर थिमि न.पा.को पाँच लाख र आफ्नै लागत सहभागिता र बाकी दुईलाख मात्र स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी जम्मा सात लाखको सिमा भित्र रही व फेस्टिभल गर्न गइरहेको उनले जनाए । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाको मध्य भाग वडा नं ४ दुईपोखरी प्रांगनमा कार्यक्रम गर्न गइरहेको उनले बताए । कार्यक्रम जेठ ५ गते शनिवारको दिन बिहानको १० बजेदेखि बेलुकाको ७ बजेसम्म हुने उनले जनाए ।
निरन्तर रुपमा १५ वटा काठमाडौ उपत्यकाका ख्याति प्राप्त नेवारी रेस्टुरेन्टहरुलगायत यहाँका स्थानिय नेवारी आमा तथा महिला समुह लगायत आफ्नो विभिन्न परिकारका नेवारी खाना पस्किने उनले जनाए ।
समितिका सचिव शिवसुन्दर श्रेष्ठले दुईपोखरीमा १५ वटा खानाको स्थल र १० वटा मध्यपुर थिमिका जनताले उत्पादन गरेका परम्परगत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान विक्रीवितरण गर्ने स्थान उपलब्ध गराउने जनाए । यसका अलावा दिनाभरीजसो नेवारी संस्कृतिकालगायत अन्य गीतसंगितले मनोरज्जन गराउने व्यवस्था समेत गरेको उनले जनाए ।
नेवारी रेष्टुरेन्टहरुलगायत यहाँका स्थानिय नेवारी आमा तथा महिला समुह लगायतले गरेका मेहनत खेर नजाओस भनी स्थानिय स्कुल, कलेज, सहकारी तथा अन्य विभिन्न संघसंस्थालाइ तीन लाख भन्दा बढीको अग्रिम विक्रीको कुपन बुकिङ्ग समेत गरेर विक्री सुनिश्चित गर्ने व्यवस्था गरेको जनाइएको छ । लिच्छवीकाल र मल्ल कालदेखि नेवार समुदायको विभिन्न चाडवाडमा र जीवनका विभिन्न सुख दुखमा समेत प्रयोग गरीने व को ऐतिहासिक, सामाजिक र स्वास्थ्यको लागि के कति महत्व छ यसको बारेमा सम्पुर्ण जानकारी प्राप्त गराउने कार्यक्रम रहेको जनाएको छ ।
त्यसका लागि विज्ञहरुबाट कार्यपत्र समेत प्रस्तुत गर्ने व्यवस्था गरेको जनाइयो । मध्यपुर थिमिमा पर्यटन विकास गर्न यो फेस्टिभलले ठूलो सहयोग गने विश्वास आयोजकको छ । मध्यपुर थिमि आर्थिक समृद्धि हासिल गर्न ठूलो योगदान यो फेस्टिभलले दिने बतायो ।