भक्तपुर चिनाउने फोटो प्रदर्शनी सुरु
बैशाख २९, २०८०, शुक्रबार | विहान ०९:३९ बजे | 30
भक्तपुर । भक्तपुरको दतात्रयमा शुक्रबारदेखि भक्तपुर चिनाउने फोटो प्रदर्शनी सुरु भएको छ । दतात्रयका डी क्याफेभित्रको चोकमा दुईदिने फोटो प्रदर्शनी सुरु भएको हो ।
भक्तपुरकै अमित बनमाला र अमेरिकन नागरिक डीजे हिनम्यानको संयुक्त फोटो प्रदर्शनी सुरु भएको हो । अमितको २५ र डीजेको २५ गरी कुल ५० वटा फोटोहरुको प्रदर्शनी सुरु भएको हो । भक्तपुर इनसाइड एण्ड आउट नाम दिइएको प्रदर्शनीमा अमितका सवै कलर र डीजेका सवै फोटोहरु श्वातश्वेतका छन् । अमित नयाँं पुस्ताको डिजिटल जमानाको भएर कलर र डीजे पुरानो पुस्ताको भएर श्यामश्वेत फोटोहरु प्रदर्शनी गरिएका हुन् ।
तस्वीरमा भक्तपुरको जात्रा, चाँंडपर्व, रहनसहन, जनजीवन, संस्कृति, जीवनशैलिलगायतका तस्वीरहरु छन् । कति तस्वीहरु अहिलेको अवस्थामा देख्न नसकिने लोप भइसकेका तस्वीरहरु समावेश छन् । यसहिसावले सम्पूर्ण फोटोहरुको अवलोकनपछि समग्र भक्तपुरलाई चिन्न सकिन्छ ।
प्रदर्शनी विहानदेखि बेलुकीसम्म रहने जनाइएको छ । औपचारिक रुपमा दुईदिन मात्रै प्रदर्शनी रहे पनि अनौपचारिक रुपमा दुईदिनपछि पनि फोटो त्यही नै झुण्डिरहने र हेर्न सकिने जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...