राजनीति टीकाउन कार्यालय सहयोगीमा जागीर


बैशाख २८, २०८०, बिहीबार | विहान ०६:१७ बजे | 35


राजनीति टीकाउन कार्यालय सहयोगीमा जागीर

संविधानमा उल्लेख अनुसार राजनीतिमा उच्च ओहोदाको पदमा जिम्मेवार ब्यक्तीलाई कुनै पनि सरकारी सेवा सुबिधा लिन नपाउने संबिधान मै उल्लेख्य गरेका छन्। दिनेश यादव धनगढीमा भएको आम सभाबाट राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष बनेका छन्। जिल्ला अध्यक्ष दिनेश यादवलाई नगरपालिकाका प्रमुख शिव शंकर महतो र प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद वाग्लेले राजनीति दवाब आर्थिक सेटीङ्गमा संबिधान बिपरित कार्य गरी र गैरकानुनी कार्य भएको स्थानीय विपक्षीदलका राजनीति ब्यक्तीहरुको आरोप रहेका छन्। सिरहाको धनगढीमाई नगरपालिकामा कार्यालय सहयोगीको सेवा सुबिधा लिने दिनेश यादव पार्टी कार्यक्रममा निरन्तर धाउने गरेका विपक्षीदल राजनीति कर्मीहरुको आरोप रहेका छन्।नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लिलानाथ श्रेष्ठको उपस्थिति धनगढीमाई नगरपालिकामा सम्पन्न कार्यक्रममा दिनेश यादवलाई बिगत केहि महिना अगाडी जिल्ला अध्यक्ष बनाएका छन्।विपक्षी राजनीति कर्मीका अनुसार राजनीति छोडनु पर्ने अर्थात जागीर गर्ने माग गरेका छन्। राजनीति मिठो कि जागिर मिठो भन्दै दुबै मध्ये कुनै एउटामा सकृय हुनुपर्ने र यसरी दुई भासे बन्नबाट छुट्टीनुपर्ने स्थानीयको माग रहेका छन्

Comments