फरार अभियुक्त तोपबहादुर रायमाझीले साँंझ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जानकारी (चिठीसहित)
बैशाख २७, २०८०, बुधबार | विहान १०:५९ बजे | 35
प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन्। साथसाथै उनले चिठीमा आज बेलुका साढे पाँंच बजे प्रहरीसमक्ष आउने पनि लेखेका छन् ।
संसद सचिवालयका अनुसार रायमाझीले आफू विरामी भएको भन्दै सचिवालयलाई इमेल पठाएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ। तर रायमाझी फरार छन्।
आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।
महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।
फाेटाेमा हेर्नुहाेस्...