किन गरियो जगातीको भिसिंद्यमा क्षमा पूजा ?


बैशाख २४, २०८०, आइतबार | दिउँसो ०३:३५ बजे | 35


किन गरियो जगातीको भिसिंद्यमा क्षमा पूजा ?

भक्तपुर । मन भयो भने जुनसुकै काम पनि हुने रहेछ भन्ने कुराको उदाहरण भक्तपुरको पुरानो जगातीबासीले देखाइदिएका छन् । सयपचास रुपैयाँंको चन्दा संकलनबाट नै उनीहरुले भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगातीस्थित आफनो टोलको भिद्यो (भीमसेन) मन्दिरको जिर्णाेद्धार, पेटी निर्माण, पेटी ढलान, रंगरोगनलगायतका काम गरी मन्दिरलाई आकर्षक अनि व्यवस्थित पारेका छन् ।
मन्दिरको पछाडिको गोरेटो बाटोलाई मोटरेवल हुने गरी भक्तपुर नगरपालिकाले फराकिलो पारेको थियो । त्यो क्रममा मन्दिरको पछाडिको भागले बाटो फराकिलो हुन रोकिएको थियो । सवैतिर फराकिलो भए पनि मन्दिरको पछाडिको भागले सवैतिर खुल्नेगरी फराकिलो हुन सकेको थिएन । त्यहाँं गोरेटोमै सिमिति थियो । त्यसपछि मन्दिरको पछाडिको भागलाई भत्काएर बाटो फराकिलो बनाउनुपर्ने भएर मन्दिरको जिर्णाेद्धार गर्नुपर्ने भएको थियो । 
यही कारण स्थानीयबाट चन्दा संकलन गरिएको थियो । चन्दा दिनेहरुमा कसैले ५० रुपैयाँं त कसैले ५५ रुपैयाँंसम्म पनि छन् । सवैभन्दा वढी एकजनाबाट १० हजारसम्म चन्दा संकलन भएको छ । स्थानीय तीर्थराम कासिछ्वाले सवैभन्दा वढी दस हजार नगद र दुई वोरा सिमेन्ट चन्दा दिएका छन् । त्यसपछि वढी पूर्णभक्त जोशीले पाँंच हजार चन्दा राखेका छन् ।  त्यसपछिबाट वढी तीनतीन हजार पाँंच जनाले हालेका छन् भने बाँंकी सवै त्यो भन्दा कम नै छन् । 
स्थानीय लक्ष्मीप्रसाद झांगले झण्डै एक सय जनाबाट एक लाखको हाराहारीमा चन्दा उठेको बताए । यही चन्दाबाट मन्दिर आकर्षक रुप दिएको उनी बताउँंछन् । मन्दिरको पेटीमा ढंगो विछ्याउने, मन्दिर पछाडिको बाटोलाई फराकिलो गरी ढलान गर्ने, मन्दिरलाई रंगरोगन बनाउनेलगायतका जिर्णाेद्धार गरी मन्दिरलाई आकर्षक बनाइएको उनले बताए । यसका लागि सम्वन्धित वडा कार्यालयले पनि सहयोग गरेको उनले जताए । थोरैथोरै अर्थात् सय पचास रुपैयाँं चन्दा संकलन गरी मन्दिरलाई आकर्षक बनाउन हामी सफल भएका छौं, उनले भने, मन भयो भने धन त्यति धेरै ठूलो कुरा होइन भन्ने हामीले सिद्ध गरिदिएका छौं ।
भक्तपुरका धेरै मठमन्दिरहरुमध्ये यो पनि एउटा पुरानो मन्दिर हो । यहाँं वर्षमा एक पटक ठूलो मेला लाग्ने गर्दछ । मन्दिर थोरै क्षेत्रफलमा मात्रै फैलिएको छ । मन्दिर भुईतल्लामा मात्रै सिमित छ । मन्दिरमा गणेशलगायतको तीन वटा मूर्तिृहरु रहेका छन् । मन्दिरको जिर्णाेद्धार सकेको अवसरमा टोलबासीले विशेष पूजा पनि गरेका छन् । 

Comments