भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाम सार्वजनिक गर्न आग्रह


बैशाख २४, २०८०, आइतबार | विहान ११:३३ बजे | 25


भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाम सार्वजनिक गर्न आग्रह

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा ठगि गर्नेहरुको नामावली तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।

उनले आइतबार दोस्रो अधिवेशनको पहिलो बैठकमा यस्तो आग्रह गरेका हुन्। ‘८७५ जनासँग १० देखि ५० लाख रुपैयाँ ठगि गर्नेहरु को को हुन?’, सुवालले भने। उनले नेपाल प्रहरीले यस काण्डमा मुझिएका पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई जानीजानी पक्राउ नगरको बताएका छन्। सुवालले यस काण्डमा मुछिएकाहरुको नाम सार्वजनिक गरेर तत्काल छानविन गर्नुपर्ने बताए।

सुवालले प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने बताए। उनले भने, ‘निर्वतमान राष्ट्रपतिले रोकेको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणिकरण गर्न पाउदैनन।’

Comments