बुद्ध भनेको भगवान भन्दा नि एक पद हो


बैशाख २२, २०८०, शुक्रबार | विहान ०३:४९ बजे | 25


बुद्ध भनेको भगवान भन्दा नि एक पद हो

त्रिपिटक अनुसार बुद्ध भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन् । बुद्ध शब्द संस्कृत शब्द बुद्बबाट आएको हो जसको अर्थ "जागृत भएको" हो । बुद्ध धर्ममा पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्तिलाई बुद्ध भनिन्छ । बुद्ध भनेको भगवान भन्दा नि एक पद हो जुन सम्पुर्ण ज्ञान प्राप्त गरेका ब्यक्तिले मात्र पाउँदछ । यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानताबाट सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त हुन्छन । त्रिपिटकको बुद्धवंशमा २८ बुद्धको उल्लेख गरिएका छन । बुद्ध मतानुसार एक बुद्धको शासनको अन्त्यपछी अर्को बुद्धले नयाँ युगको सुत्रपात अक्षय तृतीयाको दिनमा भएको मान्यता छ । जस अनुसार आदि बुद्ध दिपंकर, बिश्पस्वी, बिश्वभू, क्रकुच्छन्द, कश्यप, र वर्तमानमा साधारण रूपले "बुद्ध" शब्दले सिद्दार्थ गौतमलाई चिनिन्छ । ऐतिहासिक र पूरातात्त्विक रूपमा अस्तित्त्व पुष्टि भएका बुद्ध यिनी मात्रै छन । हाल गौतम बुद्ध (शाक्यमुनी बुद्ध) को शासन चलिरहेको छ । आज भन्दा २६४७ बर्ष पहिले कपिलवस्तुमा त्यस ताका शाक्य बंशको शासनकाल थियो । कपिलवस्तुबाट आफ्नो माइती देवदह गएका मायादेवी (सिद्धार्थको आमा) ले बाटो बिचमै (लुम्बिनीमा) सिद्धार्थलाई जन्म दिए । जन्म दिएको केही दिनमै मायादेवीको मृत्यु भएको कारण पालनपोषण भने सानी आमा प्रजापतीले गरे । राजा शुद्दोधन (सिद्धार्थका बुबा) ले सिद्धार्थको लालनपालन राजश्वी तरिकाले गरेपनि शान्त स्वभावको सन्यासी जीवनमा रुचि देखाउने सिद्धार्थले देवदहकी राजकुमारी यसोदासंग बिबाह बन्धन्मा बाँधे । सिद्धार्थ र यसोदाबाट राजकुमार राहुलको जन्म भयो । जीवनका तीन घटना रोगी, बुढेसकाल, र मृत्युबाट बिरक्त भएका २९ बर्षका सिद्धार्थ शान्तीको खोजिमा कण्ठक (सिद्धार्थको घोडा) लिएर आफ्नो बचपनका साथी चन्ना संगै राजमहल छोडेर अनेक वन वन डुल्दै ध्यान र साधना गरि रहे । भोकै ध्यान गर्न सकिन्न भनेर पहिलो खाना खुवाउने सुजता थिए । ३५ बर्षको उमेरमा आजभन्दा २६१४ बर्ष पहिले गया भन्ने स्थानमा राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गर्नु भयो । उहाँको पहिलो ज्ञान नै पञ्चशिल ज्ञान हो ।
१. म प्राणी मात्रको हिंसा गर्दिन भनी वचन गर्छु ।
२. म चोरी गर्दिन भनी वचन गर्छु ।
३. म काम बासनाबाट मुक्त हुन्छु भनी वचन गर्छु ।
४. म झुठो बोल्दिन भनी वचन गर्छु ।
५. म कुनै प्रकारको मादक पदार्थ सेवन गर्दिन भनी वचन गर्छु ।
बुद्धका पहिलो शिष्य उनकै गुरु कुन्दिन्य हुन । बुद्धका ज्ञानबाट प्रभावित भै उनका छोरा राहुल र उनका भाइ नन्दले पनि राजसभा त्यागेका थिए । बुद्धको ज्ञानले औगुलिमाला जस्ता हत्यारालाई समेत आफ्नो अनुयायी बनाए । कनिका आम्रपाली जस्तो नारीबाट भिक्षा लिई करुणामयको उदाहरण प्रस्तुत गरे । यसरी विभिन्न ज्ञान यस संसारलाई दिई सकेपछि आज भन्दा २५६७ बर्ष अगि भारतको कुशीनगरमा भगवान बुद्धले देहत्याग गर्नु भयो । उहाँको अस्थी विभिन्न देशहरुमा बिसर्जन गरेका थिए जस मध्य नेपालको रामग्राम पनि एक हुन । उनका १० अनुयायीहरु थिए जसमा आनन्द उत्कृष्ट थिए पछि आनन्दले बुद्धको ज्ञान फैलाएका थिए । बुद्धकै नातेदार देवदत्तले सत्रुता लिन्थे ।
आजकै दिन भगवान बुद्धले बुद्धत्व प्राप्त गरि परिनिर्वाण भएको कारण बुद्ध सम्बतको प्रचलन सुरु भयो । आज बुद्ध सम्बत अनुसार नवबर्ष हो । तसर्थ नवबर्ष बुद्ध सम्बत २५६७ सालको मंगलमय शुभकामना ।
लेख: GR Ranjit




Comments